हरि आचार्य, कपिलवस्तु
अर्घाखाँचीको शितगंगा नगरपालिकाकी उप–मेयर पदकी उम्मेद्वार गिता भाटले ग्रामिण भेगका पछाडि परेका महिलाहरुलाई हरेक क्षेत्रमा अगाडि बढाउने आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । नेकपा एमालेको तर्फबाट उपमेयर पदकी उम्मेद्वार भाटले शितगंगा नगरपालिकामा महिला क्षेत्रको बिकासको लागि उल्लेखनिय काम गर्न नसकेकोले सबै दिदि बहिनीहरुले अब महिला नेत्तृत्व लाई प्राथमिकता दिन अनुरोध गर्नु भएको छ । आसन्न स्थानीय तहको निर्वाचन केन्द्रित मतदाता भेटघाट तथा घरदैलो गर्दै कार्यक्रताहरुमा समेत उपमेयरमा निर्धक्कका साथ महिला उमेद्वारलाई जिताउने गरि मतदान गर्न अनुरोध गर्नु भयो ।
पार्टीको जनवर्गीय संगठन अनेमसंघ शितगंगा नगरकमिटिको सह ईन्चार्ज तथा अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको छ भने पार्टीको जिल्ला कमिटि सचिवालय समेत रहनुभएको छ ।
नगरको उप प्रमुख पदकी उम्मेद्वार भाटले शितगंगा नगरपालिकामा बिभिन्न शिर्षकका करोडौ खर्च गरे पनि महिलालाई प्राथमिकता दिने गरि कुनै काम गर्न नसकेकोले नगरपालिकामा महिलाको सहभागिता नहुँदा महिला झनै पछाडी परेको बताउनु भयो । नगरपालिकाका मेयरले नै सञ्चालन गरेको १२ लाखको मेयर उपमेयर कप खेलकुदमा समेत पुरुष लाई ५० हजार राशी र महिलालाई १० हजारको पुरस्कार दिएर विभेद गर्ने मेयर उपमेयरले अहिले पनि महिला नेतृत्व पराजित भएमा अवस्था झनझन कमजोर हुने भएकाले महिलालाई नेतृत्वमा ल्याउन आफ्नो अहम भुमिका रहने बताउनुभयो ।
नेकपा एमालेनै शितगंगामा समावेशीतालाई प्राथमिकता दिने पार्टी रहेकोले नेकपा एमालेले शितगंगामा महिलालाई वडा अध्यक्ष, दलितलाई वडा अध्यक्ष, खुल्ला सदस्य पदमा चुनावमा अगाडि सारेर समाबेशितामा अब्बल सावित भएकाले एमालेको सातै सुर्यमा मत दिन अनुरोध गर्नु भयो । अन्य पार्टीका उमेदवारले तोकिएको सिटमा मात्र दलित र महिलाहरुलाई सिमित गर्ने गरेकोले सबै एकतासाथ एमालेमा मतदान गर्न अनुरोध गर्नु भयो ।
नगर उप प्रमुखमा निर्वाचित भएसंगै भाटले भौगोलिक हिसाबले नेपालकै सबैभन्दा ठुलो नगरको प्राकृतिक स्रोत र साधन वनजंगल, नदीजन्य पदार्थ, खनीजहरुको संरक्षण तथा प्रवद्र्धन, धार्मिक तथा पर्यटकीय स्थलको प्रवद्र्धनका लागि विशेष पहल गर्ने लगायतमा विशेष प्राथमिकता रहने बताउनुभयो । उहाँले विशेषतः पछाडि परेका महिलाहरुलाई उनीहरुको सीप, क्षमताको विकास गरि आर्थिक, राजनीतिक, सामाजिक क्षेत्रमा उनीहरुको वृद्धि गरि हरेक क्षेत्रको नेतृत्व तहमा ल्याउनका लागि अहोरात्र प्रतिवद्धता व्यक्त गर्नुभयो ।




















