ताजा अपडेट

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

गोरु तस्करीलाई कारवाही गर –सम्पादकीय

लुम्बिनी दर्पण २०७६ चैत्र १३, बिहीबार ०७:१३
[sharethis-inline-buttons]

मोहन बेल्बासे
पछिल्लो समय कपिलवस्तु गोरु तस्करीको अखडा बन्दै आएको छ । कोरोना भाईरसका कारण जिल्ला मात्र नभएर विश्व नै माहामारी भैरहेका बेला समेत तस्करी रोकिएको छैन् ।

जिल्लाको कपिलवस्तुको शिवराज नगरपालिकाबाट १० मृत गोरु सहित ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । शिवराज नगरपालिकाको वडा नं १ बनकसबासाबाट मृत गोरु ट्रकमा लोड भएको प्रहरीले नियन्त्रणमा लिएको छ । ना ४ ख २९८४ नम्बरको ट्रकमा एउटा गोरु जिउँदो र १० वटा मरेको प्रहरीले जनाएको छ । स्थानियले मरेका गोरु ट्रकबाट झारि गाड्न खोज्दा रोकेर प्रहरीलाई खबर गरेका थिए ।

भेटनरीले चैत्र १३ गते चलानी गरेको र पशु क्वारेन्टाइनले छाप लगाएको रसिदसँगै रहेको जनाएको छ । सरकारले लक डाउन गरेको अवस्थामा लैजान नसकेर र ट्रकमा गोरु ओभर लोड भएको कारण च्यापिएर १० गोरु मरेको हुन सक्ने इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।
विजयनगर गाउँपालिकाको वडा नं. ४ बरगदवामा भन्ने ठाउँमा जिउँदोलाई झारी मरेको गोरुलाई गाड्ने क्रममा स्थानीयले देखेपछि लखेटेका थिए । तस्करले ट्रक लिएर सुन्दरीडाँडा, तुरुन्तपुरु, शिवपुर हँुदै भागेको ट्रकलाई बनकसवासाबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

जगदीशपुरबाटै जेसीवी ल्याई गाड्न लागेको र स्थानीयले गाड्न नदिएपछि विवाद उत्पन्न भएको थियो । विवादपछि ट्रक लिएर भागेको बताएका छन् ।
यता इलाका प्रहरी कार्यालय गणेशपुरलाई सम्पर्क गर्दा प्रहरीको केही संगग्नता नरहेको र थाहा पाउने वित्तिकै घटना स्थलमै पुगी नियन्त्रणमा लिएको कारवाहीका लािग पशु सम्बन्धी कसूर अन्तर्गत मुद्धा चलाइने गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिनु भयो । बाराको निजगढ बस्ने चालक कमल मगरले दाङको तुल्सीपुरबाट हेटौँडा लैजान लागेको बताएपनी यो रहस्यमय छ ।

पछिल्लो समय कपिलवस्तुको पश्चिमी क्षेत्र गोरु तस्करीको ट्रान्जिट पोइन्ट बन्दै गएको हो । जिल्लाको सिमा आसपासका क्षेत्रबाट खुलेयाम नेपाल र भारतका गोरुहरु तेस्रो मुलुक बङ्गलादेश पुग्ने गरेका छन् ।
तस्करहरुले जिल्लाको पश्चिम बहादुरगंजमा गोरुहरु डम्पिङ्ग गरी ट्रकका ट्रक कपिलवस्तुबाट देशको पूर्वी भाग सर्लाहीको नवलपुर र काँकडभित्ता हुँदै तेस्रो मुलुक पुग्ने गरेको रहस्य खुलेको हो । यसरी खुलेयाम जाने अवैध गोरुलाई बहादुरगंन्जमा लाग्ने हाट बजारले बैधता दिने गरेको छ ।

भारत र नेपालका गोरुहरु जम्मा गरेर तस्करहरुले पशु हाट बजारको रसिद लिएर बैध बनाउने गरेको पाईएको हो । केहिदिन अघि बुद्धभुमि नगरपालिकाको प्रगतिनगर भित्री सड्कमा २ दर्जन बढी गोरुहरु डम्पिङ्ग गरिएको थियो ति गोरुहरु बहादुरगंन्जमा बजार विक्रि गर्नका लागि तयारी अवस्थामा राखेको त्यस कार्यमा संलङ्गन व्यक्तिले दर्पणकर्मीलाई बताए । एउटा गोरु संकलन स्थलसम्म ल्याए वापत आफुहरुले प्रति गोटा ५ सय देखि एक हजार रुपैया सम्म पाउने गरेका कारण यो पेशा गर्दै आएको ओसार पसारमा संलग्नहरु बताउछन् । यसरी ल्याइएका गोरुहरुको साहु र प्रकृयाका बारेमा आफूहरुलाई केहि थाहा नभएको अनविज्ञता प्रकट गरेका छन् । यता जिल्लाको तौलिहवा आसपासका क्षेत्र र शुद्धोधन गाउँपालिका क्षेत्रबाट पनी गोरुहरु तस्करी हुने गरेका हुन् ।

यसरी पट्क पट्क गोरु तस्करी हुँदा ट्रकका ट्रक लोड हुँदै गर्दा पनी प्रशासन नै मौन रहेको छ।
तस्करहरुले कृषि प्रयोजनको खुकुलो मापदण्डको फाईदा उठाउँदै नेपाली बाटो हुँदै ट्रकका ट्रक गोरुहरु तेस्रो मुलुक पु¥याउने गरेका छन् । उनीहरुको यस्तो कार्यमा नेपाल र भारतका गोरुहरु तस्करीमा भन्सार कार्यालय, पशु क्वारेन्टाईन र सुरक्षा निकायदेखि केन्द्रीय सरकारका उच्च तहका व्यक्तिहरुको समेत संलङ्गनता हुने गरेको नाम नबताउने शर्तमा एक उच्च ओहोदाका कर्मचारीले बताए ।

भारतमा एउटा प्रदेशबाट अर्को प्रदेशमा गोरु लैजान कडा नियम भएकै कारण उत्तर प्रदेशका गोरुहरु नेपालको बाटो हँुदै देशको पूर्वी भागबाट पुन भारत प्रवेश गराएर गोरुहरु तेस्रो मुलुक पु¥याउने गरेको तथ्य खुलेको हो । नेपालमा कृषि जन्य प्रयोजनका लागि पशु चौपाया ढुवानी गर्न पाउने व्यवस्था छ । यसै खुल्ला व्यवस्थाको फाईदा उठाउँदै व्यापारीहरु र माथि उल्लेखित स्रोतहरुले जिल्लाको विभिन्न ठाउँहरुबाट गोरु तस्करी बढेको हो । पशु हाट बजार पश्चिम क्षेत्र बहादुरगंज नजिक जवाभारीमा आसपासमा जम्मा गरी तस्करी गर्ने गरेका छन् त्यसको करिव १ किलोमिटरकै दुरीमा प्रहरी कार्यालय रहदा सम्म बेखबर हुनु र चाल पाएर पनि नपाए जस्तो गर्नु रहस्यमय छ । यस विषयमा केहिदिन अधि प्रदेश नं ५ भुमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्री आरती पौडेललाई समेत लुम्बिनी दर्पणकर्मीले जानकारी गराएका थिए । तर पनी यसतर्फ चासो नभएको पाईएको छ ।

यता यसरी दैनिकजसो जाने गोरु तस्करीहरुबाट प्रहरीहरुले मासिक र ट्रिप पिच्छे रकम लिने र राजमार्गका सवै चेक पोइन्टमा रकम पु¥याउने गरेका कारण पनि विना रोकतोक गोरुहरु ओसार पोसार भइरहेको श्रोतको दावी छ । यस विषयमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक दिप शमशेर राणाले असार, श्रावण र भदौमा गोरुहरु ओसार पोसारमा रोक लगाएको भएपनि माथीको निर्देशन अनुसार कागजात पु¥याएका गोरुहरुलाई रोक्न नमिल्ने बताउदै आएका छन् । साथै उनले यस प्रकृयामा माथीबाट कडाई गर्न सकेमात्र ओसार पोसार रोकिने भन्दै माथीको आदेश आए तत्काल रोक्ने बताए ।

यता केही दिन अघि स्थानीय युवाहरुले गोरु ओसार पोसारमा संलग्न ट्रक रोकेर चेकजाँच गर्दा दाङ् जिल्लाको भेटनरी पत्र बनाएर जिल्लाको जवाभारीबाट गोरु लोड गरेर लैजाने गरेको रहस्य फेला परेको थियो । गाई गोरु नेपाल वाहिर लैजान कानुनी रुपमा प्रतिबन्ध भएपनि तस्करीको सेटिङ्गका कारण पूर्व पश्चिम राजमार्गका प्रहरी चेक प्वाइन्टबाटै खुलेयाम जाने गरेका खबर लुम्बिनी दर्पणमा समाचार प्रकाशित हुदै आईरहेको थियो । यतिबेला कपिलवस्तु, दाङ र रुपन्देही जिल्लाबाट गोरु तस्करी मौलाइरहेको छ भने उक्त क्षेत्रमा रहेका प्रहरी चौकीसंगको सेटिङका कारण विना रोकतोक गोरु तस्करी बढेको हो । दिनहुँ जसो पश्चिमक्षेत्रबाट प्रहरी चेकप्वाइन्टबाटै रातीको समयमा ५÷७ ट्रक गोरु जाने गरेका छन् ।

अझ अर्को कुरा के भने कृषि प्रयोजनका नाममा ढुवानी हुने यी गोरुहरु वर्षौदेखि ट्रकका ट्रक सधै सर्लाहीको नवलपुर र कांकडभित्ता जानु र यस विषयमा सरोकारवाला वेखबर बन्नु थप रहस्यमय छ । होइन भने यी दुई ठाउँमा मात्र कृषि प्रयोजनकै लागि भन्दै ट्रकका ट्रक गोरु जाँदा समेत किन अनुसन्धानको विषय नबन्ने यी दुई स्थानको कृषि प्रयोजनमा कति गोरु आवश्यक भन्ने तस्करी रोक्न र यसमा संलग्नलाई कारवाही शुन जरुरी छ ।


प्रकाशित : २०७६ चैत्र १३, बिहीबार ०७:१३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
  • दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै
प्रतिक्रिया

यो पनि पढौँ

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

भर्खरै

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

  • बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

  • पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech