हरि आचार्य, कपिलवस्तु
आसन्न मंसीर ४ संघीय र प्रदेश सभा सदस्य पदको चुनाव तोकिएसंगै चुनावी सरगर्मी बढ्न लागेको छ । विभिन्न पार्टीका नेताहरुले विभिन्न क्षेत्रमा चुनाव लड्ने इच्छा व्यक्त गरिरहदा नेकपा (एमाले) कपिलवस्तुमा पनि त्यो क्रम बढेको छ । कपिलवस्तु जिल्ला ३ वटा प्रतिनिधि सभा र ६ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । ०७४ को संघ र प्रदेशसभा निर्वाचनमा ६ प्रदेशसभा मध्ये ४ क्षेत्रमा बामगठबन्धनका उम्मेद्वार विजयी भएका थिए । नेकपा (एमाले) लाई हराउन सत्ता पक्षका ५ दलले भने निर्वाचनमा गठनबन्धन गरेर जाने निर्णय गरिसकेका छन् ।
प्रदेशसभामा एमालेबाट नेता गिरधारीलाल न्यौपानेले चुनाव लड्ने आकांक्षा राख्नुभएको छ । कपिलवस्तुको क्षेत्र नं. १ (क) बाट निर्वाचन लड्ने चुनाव लड्ने तीव्र इच्छा राखेका छन् । न्यौपाने ४ दशक देखि राजनीति क्षेत्रका सक्रिय हुनुहुन्छ भने पार्टीका विभिन्न जिम्मेवारी कुशलतापुर्वक सम्पन्न गर्दै आउनुभएको छ ।
उहाँ अहिले नेकपा (एमाले) को केन्द्रिय सदस्य एवम् केन्द्रिय कृषि तथा पशुपंक्षी विभाग प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ भने अब जनप्रतिनिधि भएर जनताको सेवा गर्न ईच्छा व्यक्त गर्नुभएको छ ।
उहाँले अहिले पार्टीको लुम्बिनी प्रदेश सह–ईन्चार्जको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । विगत ४० बर्ष देखि राजनीतिमा सक्रिय नेता न्यौपाने विशेष गरि शालिन, भद्र तथा विचारशील नेताको रुपमा चिनिनुहुन्छ । विशेष गरि उहाँ जनताको आधारभुत आवश्यकता परिपुर्तिका लागि सांसद पद उम्मेद्वारको लागि ईच्छुक रहेको बताउनुहुन्छ ।





















