ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तु १ : बलदेव र बलराममा को बलवान्?

लुम्बिनी दर्पण २०७९ कार्तिक ३, बिहीबार १६:४२
[sharethis-inline-buttons]

कपिलवस्तु,
कपिलवस्तु : प्रतिनिधिसभाअन्तर्गत कपिलवस्तु–१ मा सत्ता गठबन्धनका साझा उम्मेदवार चक्रपाणी खनाल (बलदेव) र एमालेका बलराम अधिकारीबीच चुनावी भिडन्त हुने देखिन्छ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव तथा पूर्वमन्त्रीसमेत रहेका चक्रपाणी खनाल (बलदेव) र नेकपा एमालेका जिल्ला इन्चार्ज एवं संविधानसभा सदस्य बलराम अधिकारीबीच मुख्यतः महाभिडन्त हुने देखिएको हो।

तीन निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा क्षेत्र नम्बर १ मा ‘हेबिवेट’ उम्मेदवार बलदेवलाई टक्कर दिन बलराम निर्वाचनमा होमिएका हुन् । कपिलवस्तु–१ मा दुवैतर्फका यी उम्मेदवार जिल्लामा पाका एवं हक्की नेताका रूपमासमेत परिचित छन्।

मंसिर ४ को आमनिर्वाचनमा आमन–सामने भिडन्तका लागि तत्पर बलदेव र बलराम विगतको निर्वाचनमा साझेदार सहकर्मीका रूपमा रहेका थिए।

०७४ सालमा एमालेकै समर्थनमा उम्मेदवार भएका माओवादी केन्द्रका बलदेवले कपिलवस्तु १ मा २९ हजार ७९९ मत ल्याएका थिए। उक्त निर्वाचनमा कांग्रेसका उम्मेद्वार दीपकुमार उपाध्यायले २८ हजार ८५३ मत पाएका थिए। ०७४ को निर्वाचनका मुख्य प्रतिस्पर्धी रहेका बलदेव र उपाध्याय अहिले वाम लोकतान्त्रिक गठबन्धनका कारण एकै ठाउँमा सत्ता साझेदारका रूपमा रहेका छन्।

गत वैशाखमा मात्रै भएको स्थानीय तहको निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर १ मा ३० वडाध्यक्षहरूको मतलाई आधार मान्दा कांग्रेस नै अघि रहेको छ।

कांग्रेसका वडाध्यक्षहरूले २८ हजार २७१ ल्याएका थिए। एमालेका वडाध्यक्षले २६ हजार ८२३ रहेको छ। त्यस्तै, जसपाको १३ हजार ५१०, माओवादी केन्द्रको ९ हजार ३३८, एकीकृत समाजवादीको ३ हजार ७२२, लोसपाको ३ हजार ४२४, राप्रपाको २ हजार ४८० रहेको छ।

हाल कायम रहेको वाम लोकतान्त्रिक गठबन्धनअन्तर्गत नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको प्राप्त मतलाई आधार मान्दा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारको जीत सुनिश्चित देखिन्छ।

कपिलवस्तु–१ मा कुल मतदाता एकलाख ४१ हजार १३ रहेका छन्। स्थानीय तहको निर्वाचनको मतसंख्यालाई आधार मान्दा पनि क्षेत्र नम्बर १ मा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वार बलदेव जितनजिक देखिन्छन्।

०७० मा पहिलोपटक कपिलवस्तु–१ मा एमालेको झण्डा गाडेका अधिकारीलाई यसपटक सत्ता गठबन्धन चुनौतीको पहाड बन्ने देखिन्छ। ०७४ को चुनावी मैदान उत्रने तीव्र इच्छा राखेका अधिकारीले अहिलेका प्रतिस्पर्धी बलदेवलाई सहयोग गरेका थिए।

पछिल्लो समयमा एमालेसमेत विभाजित रहेको अवस्थाले बलरामलाई चुनौती थपिएको छ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)का प्रमुख राजनीतिक सल्लाहकारसमेत भइसकेका बलदेव २०७४ मा कपिलवस्तु १ बाट निर्वाचित भई कृषिमन्त्री भए। उनको कार्यकाल छोटो भए पनि मुख्य गरी जमिन र कृषिमा नीति निर्माणमा काम गरी जमिनको व्यवस्थापन ४ प्रकारबाट गर्ने कार्य आरम्भ गरेका थिए।

उनले व्यावसायिक, कृषि, उद्योग र सुकुम्वासीका लागि योजना निर्माण गरे भने मालपोतमा व्यापक भ्रष्टाचार हुने देखिएकाले अनलाइन प्रणालीमा ल्याउने कामसमेत गरे।

जमिनको चक्लाबन्दीको विषय र “कृषिमा युवा” भन्ने कार्यक्रम जो निकै प्रभावकारी थियो। तत्कालीन अवस्थामा भारतीय खसीबोका आयातमा कडाइ गर्ने र धुलो दुध आयातमा कटौती गरी स्वदेशी उत्पादनलाई बढावा दिने कार्य बलदेवको मन्त्री हुँदाको प्रमुख र ऐतिहासिक कार्य थिए। तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले लागू गर्न नदिएपछि बलदेवले पदबाट राजीनामा दिए।

कृषिजन्य वस्तु आयातमा खसीबोका प्रतिबन्ध, सातओटै प्रदेश र कपिलवस्तु गरी आठओटा कृषि उपज संकलन केन्द्र निर्माण गर्ने योजना ओलीलाई सुनाएपछि तत्कालीन प्रधानमन्त्री ओली अत्तालिए र काम गर्न नदिएको बताइन्छ।

काम गर्न नदिएपछि उनले पदवाट राजीनामा दिए, यद्यपि अहिले सोही जनमुखी योजनालाई प्रमुख एजेण्डा बनाएर जनताका घरदैलोमा पुगेका छन्।

कपिलवस्तु–१ मा बाणगंगा, मायादेवी, शुद्धोधन पालिकाका सबै र कपिलवस्तुको नगरपालिकाको ७, ८, ९, १० र ११ वडा गरी ३० वडा रहेका छन्। प्रमुख प्रतिपक्षी नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका उम्मेद्वार अधिकारी पुनः दोस्रोपटक निर्वाचित हुनेमा विश्वस्त देखिन्छन्।

२०७० मा निर्वाचनको नतिजा आफ्नो पोल्टामा पारेका अधिकारीको तत्कालीन योजनाहरूको कार्यान्वयनको प्रभावकारिता त्यति आशलाग्दो भने नदेखिएको जनगुनासा छन्। लामो समय जिल्ला नेतृत्वमा रहेका अधिकारी ०७४ सालको निर्वाचनपश्चात लामो समय गुमनाम जस्तै रहे। तत्कालीन निर्वाचित हुँदाका बखत कपिलवस्तुको निर्वाचन क्षेत्र मात्रै २ क्षेत्रमा विभाजित रहेको थियो।

जिल्लाको उत्तरी क्षेत्रहरू महेन्द्रकोट, दुबिया, बुड्डी लगायतका क्षेत्रहरू तत्कालीन निर्वाचन क्षेत्र १ मा पर्ने गर्दथे। हाल क्षेत्र नम्बर १ मा जिल्लाको मायादेवी, शुद्धोधन र कपिलवस्तु नगरपालिकाका आंशिक क्षेत्रहरू समेटिएका कारण दक्षिणी सीमावर्ती क्षेत्रमा बलरामको उपस्थिति कम देखिन्छ, यद्यपि एमाले पार्टीको प्रभाव भने हाल आएर फैलिएको छ।

भौतिक निर्माण तथा पूर्वाधारहरूको विकासमा उक्त क्षेत्रमा एमालेकै तत्कालीन सांसद विश्राम प्रसाद थारूले अग्रणी भूमिका खेलेका थिए। तत्कालीन योजनाहरूको सुरूवातकर्ता थारूलाई जाने थारू अगुवाहरूको ठम्याई छ।

एमालेभित्रका प्रभावशाली नेताको प्रतिनिधिसभा सदस्यका लागि उम्मेद्वारी दिएको खण्डमा एमालेको जित आफ्नो पोल्टामा पर्ने स्थानीयको भनाइ छ। बलरामको विकल्पमा विश्राम थारू अथवा विष्णु पन्थीलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेद्वारी खडा गरेको खण्डमा जित सुनिश्चित रहेको मतदाताको ठम्याई छ।

यद्यपि, वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनले बलरामको निर्वाचन क्षेत्रमा एमालेको जनमत राम्रो आएको प्रति आंशिक मतदाता उत्साहित देखिन्छन्। उता, कांग्रेसले क्षेत्र नम्बर १ को १ मा प्रदेश सदस्यमा डोलकराम घिमिरे, १ को २ मा सहसराम यादवलाई उम्मेदवार बनाएको छ।

२०७४ सालमा यादव यही क्षेत्रबाट चुनाव जितेका थिए भने घिमिरे समाजसेवामा तल्लिन नेताका रूपमा परिचित छन्। उता, एमालेले क्षेत्र नम्बर १ को १ मा नेता बिष्णु पन्थी र १ को २ मा मधुसूदन शरण चौधरीलाई उम्मेदवार बनाएको छ। पन्थी २०७४ को निर्वाचनमा जित हासिल गरेका थिए।


प्रकाशित : २०७९ कार्तिक ३, बिहीबार १६:४२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
  • दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै
प्रतिक्रिया

यो पनि पढौँ

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech