प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको दुरुपयोग भइरहेको बताएका छन् ।काठमाडौंमा बिहीबार डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले डिटिजल युगमा अपराधीह यसको सहायताबाट अपराध गर्न उद्दत भइरहेको बताएका हुन् ।भलाइ र मानवीय सुखका लागि प्रविधिको प्रयोग हुनुपर्ने भए पनि यसको सदुपयोग भइरहेको उनको भनाइ छ ।
प्रविधिले सुविधा दिएसँगै यसबाट अनुचित लाभ लिन खोज्ने र अपराध गर्नेहरु पनि रहेको उनले बताए ।
यही विषय नै चुनौती भएको भएको उनको भनाइ छ ।प्रधानमन्त्री ओलीले अहिले प्रविधि राज्य र समाजका लागी चुनौती भएको बताएका छन् । उनले अहिले प्रविधिको सहायतामा सञ्चालित सामाजिक सञ्जालहरु सभ्य समाज र राज्यका लागि अवरोध भएर आएको बताए ।
उनले समाजको खुसीका लागि पनि सामाजिक सञ्जालहरू बाधा बनिरहेका बताए । ‘मानिसहरू क्षणि रुपमा खुसी भए पनि सामाजिक सञ्जालले समाजको खुसी खोसिरहेको छ’, उनले भने ।
प्रविधिको दुरुपयोगले सामाजिक अपराधहरू बढ्दै गइरहेको प्रति उनले चिन्ता व्यक्त गरे । प्रधानमन्त्री ओलीले अघि भने, ‘विकास भए पनि बेथितिहरू धेरै आइरहेका छन्। थिति बस्न सकेको छैन। त्यसकारण यसबाट बच्न जरूरी छ ।’




















