ताजा अपडेट

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

बिम्स्टेकको साइडलाइन बैठकमा भेट्दै प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदी

लुम्बिनी दर्पण २०८१ फाल्गुन २६, सोमबार १२:१३
[sharethis-inline-buttons]

प्रधानमन्त्री केपी शर्मा ओली चैत १९ गते थाइल्याण्डको राजधानी बैंकक जाने भएका छन्।बहुक्षेत्रिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिम्स्टेक० राष्ट्रहरूको छैटौं सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली थाइल्याण्ड जान लागेका हुन्।
प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि थाइल्याण्ड जाने कार्यक्रम तय भएको छ।सम्मेलन आउँदो चैत १९ र २० अप्रिल २ र ३० मा थाइल्याण्डमा हुँदैछ।यसअघि २ महिनाअघि नै बिम्स्टेक सम्मेलन गर्ने भने पनि थाइल्याण्डको राजनीतिक उतारचढावका कारण सम्मेलन रोकिएको थियो। सम्मेलनका क्रममा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने तय भएको छ।
दुई प्रधानमन्त्रीबीच साइडलाइन भेटवार्ताका लागि परराष्ट्र मन्त्रालयले प्रक्रिया सुरू गरेको छ, सम्भवत भेट हुनेछ,’ परराष्ट्र मन्त्रालयको उच्च स्रोतले सेतोपाटीलाई जानकारी दियो।यसअघि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच गत असोज ७ गते अमेरिकाको न्युयोर्कमा भेटवार्ता भएको थियो।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन गएका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच मोदी बसेकै होटल लोटे न्युयोर्क प्यालेसमा करिब ३० मिनेट कुराकानी भएको थियो। नेपाली र भारतीय विदेश मन्त्री, विदेश सचिव र सरकारका उच्चपदस्थ अधिकारीहरूसहित भएको उक्त भेट सौहार्दपूर्ण भएको दुवै प्रधामन्त्रीहरूले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिएका थिए।
त्यसबेला दुई प्रधानमन्त्रीबीच ओलीसँग ऊर्जा, प्रबिधि र व्यापारजस्ता विषयहरूमा छलफल भएको सामाजिक सञ्जालमा लेखका छन्। यसबाहेक भारतको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत् विभिन्न चार विषयमा छलफल भएको थियो।
त्यसबेला भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै परराष्ट्रमन्त्री राणाले भेटवार्ता सौहार्दपूर्ण भएको र भारतीय प्रधानमन्त्री मोदीले छिट्टै नेपालको भ्रमण गर्ने जानकारी दिएकी थिइन्। नेपाल फर्किएपछि भने प्रधानमन्त्री ओली चीन भ्रमणमा गए। त्यसबेला नेपाल र चीनबीच बिआरई कार्यान्वयन सम्झौतामा हस्ताक्षर भएको थियो।
चीनबाट फर्किएपछि प्रधानमन्त्री ओलीको भारत भ्रमणका लागि प्रयास गरिए पनि त्यो सफल हुन सकेको थिएन। गत मंसिरमा झापा पुगेका बेला प्रधानमन्त्री ओलीले आफू छिट्टै भारत भ्रमणमा जाने बताएका थिए। ‘पत्याएका छैनन् होला म छिट्टै भारत भ्रमणमा जान्छु,’ प्रधानमन्त्री ओलीले भनेका थिए।
त्यसपछि पुसको ६ गते परराष्ट्र मन्त्री राणा प्रधानमन्त्री ओलीको भ्रमणबारे पनि छलफल गर्न भन्दै दिल्ली गएकी थिइन् तर त्यसबेला पनि प्रयास सफल भएको थिएन। यसपालि भने बिम्स्टेकको सम्मेलनमा जाँदा परराष्ट्र मन्त्रालयले दुई प्रधामन्त्रीबीच भेटवार्ताको चाँजोपाँजो मिलाएको हो।
बिम्स्टेक सम्मेलनमा जाने तय भए पनि नेपालका तर्फबाट राख्ने एजेण्डाहरू भने तय भइसकेको छैन। आइतबार परराष्ट्र मन्त्री राणाको अध्यक्षतामा बसेको ८ वटा सरोकारवाला मन्त्रालयका अधिकारीहरूबीच भएको बैठकले एक साताभित्र एजेण्डा तय गर्ने निर्णय गरेको छ।बिम्स्टेक सम्मेलनमा विशेष गरी उद्योग, उत्पादकत्व, आइटी, बाणिज्य, कनेक्टिभिटी, कृषि, उर्जालगायत विषयमा छलफल हुन्छ। बिम्स्टेकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्याण्ड सदस्य छन्।


प्रकाशित : २०८१ फाल्गुन २६, सोमबार १२:१३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित
  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी
  • दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण
  • अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ
प्रतिक्रिया

यो पनि पढौँ

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

भर्खरै

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech