नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन प्रणाली बदल्नुपर्ने बताएका छन् ।हालको निर्वाचन प्रणाली जनताको पक्षमा नभएको बताएका प्रचण्डले संविधान संशोधनमार्फत् यसलाई बदल्नुपर्ने बताएका हुन् ।सुनसरीको धरानमा आइतबार किरात र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालको संयुक्त राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले हालको निर्वाचन प्रणाली चुनावमा पैसा खर्त गर्न सक्नेहरूको पक्षमा रहेको बताए ।संविधानमा अहिले व्यवस्था गरिएको निर्वाचन प्रणाली जनताको पक्षको होइन, पैसावालाहरूको पक्षको निर्वाचन प्रणाली हो,’ पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘यसलाई बदलेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक संसद् रहने निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छ र त्यसका लागि संविधान संशोधन अपरिहार्य छ ।’उनले संविधानलाई अझै बढी समावेशी र समाजवादउन्मुख बनाउन आवश्यक रहेको बताए ।शान्ति प्रक्रियामा आएपछि माओवादी जनताबाट केही टाढा भएको दोहोर्याउँदै प्रचण्डले केन्द्रीय समितिको बैठकमा गम्भीर आत्मसमीक्षा गरिएको र अब देशका सबै उत्पीडित वर्ग, जाति, लिङ्ग र क्षेत्रका जनतासँग सम्बन्ध सुधार्ने अभियानमा रहेको जिकिर गरे ।उनले पूर्वी नेपालमा पहिचानको आन्दोलन गरिरहेका समूहहरू, प्रगतिशील जनता, नयाँ उदाएका नेता र दलहरूले माओवादीसँग सहकार्य गर्नु पर्ने बताए । देशमा व्याप्त विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्य गर्दै सुशासनको अभियानमा लाग्न त्यो सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।
मैले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई लोकतन्त्रमा फुलेको सुन्दर फूल भनेको छु । घरिघरि उहाँलाई के हुन्छ रु उहाँ माओवादी प्रति नकारात्मक हुनु आवश्यक छैन,’ उनले भने ।
अध्यक्ष प्रचण्डले सबै उत्पीडित वर्ग, पहिचानका पक्षधर, माओवादी आन्दोलनसँग सम्बद्ध पार्टी तथा समूहहरू र हर्क साम्पाङजस्ता नयाँ उदाएका राजनीकर्मीहरूलाई संविधान संशोधन र समाजवादी रूपान्तरणको अभियानमा एकजुट भई माओवादी केन्द्रलाई साथ दिएर अघि बढ्न आह्वान गरे ।




















