ताजा अपडेट

जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

स्कटल्यान्ड सिरिज : प्रतिस्थापनमा गएका तीन युवा खेलाडी नचल्दा टीममाथि प्रेसर

लुम्बिनी दर्पण २०८२ असार ५, बिहीबार १५:०७
[sharethis-inline-buttons]

स्कटल्यान्ड भ्रमणमा नेपालका प्रमुख दुई अलराउन्डर सोमपाल कामी र गुल्शन झा चोटका कारण टिमबाट बाहिरिएपछि तीन युवा खेलाडीहरुले मौका पाए । उनीहरुको प्रतिस्थापनका रुपमा लोकेश बम, रुपेश सिंह र किरण ठगुन्नालाई स्कटल्यान्ड पठाइएको थियो ।

त्रिकोणात्मक टि २० सिरिजको पहिलो दुई म्याचमा उनीहरु तीनैजनाले अवसर पाए । तर कसैले पनि आफूलाई पाएको अवसर सदुपयोग गर्न सकेनन् । प्रतिस्थापनमा गएका खेलाडीहरु दुवै म्याचमा नचल्दा नेपाली टिममाथि नै प्रेसर परेको छ । गुल्शन र सोमपालको कमि दुवै म्याचमा खट्कियो ।

नेदरल्यान्ड्सविरुद्ध नेपालको पहिलो म्याच ऐतिहासिकरुपमा प्रतिस्पर्धात्मक बनेको थियो । नतिजाका लागि तीनवटा सुपरओभर खेलाउनुपर्यो । अन्ततः तेस्रो सुपरओभरमा नेपालले नेदरल्यान्ड्सलाई नतिजा सुम्पिए । उक्त हारमा युवा व्याटर रुपेश सिंह जिम्मेवार देखिन पुगे ।

पहिलो बलमै कप्तान रोहित पौडेल ठूलो सटको चक्करमा आउट भएपछि नेपालले सरप्राइज निर्णय लिँदै रुपेशलाई ब्याटिङमा पठाएको थियो । कुनै अन्तर्राष्ट्रिय अनुभव नभएका ब्याट्सम्यानलाई यति धेरै प्रेसरको अवस्थामा सुपरओभर खेल्न पठाउने टिमको निर्णयमा धेरै प्रश्नहरु उठेका छन् ।

जे भए पनि रुपेशसँग अवसर थियो, आफूलाई यो लेभलमा प्रमाणित गर्ने । तर उनी चुके । उनले लगातार दुई बल डट खेले भने तेस्रो बलमा आउट भए । नेपालले यो सुपरओभरमा कुनै पनि रन जोड्न सकेन ।

नियमित २० ओभरको खेलमा रुपेश १४ बलमा एक छक्का र एक चौकासहित १९ रन जोडेका थिए । आशालाग्दो सुरुवात गरे पनि उनले त्यसलाई कन्भर्ट गर्न सकेनन् र गलत समयमा आउट भए जतिबेला नेपाललाई एउटा बलियो साझेदारीको खाँचो थियो ।

अर्को इन्डमा रहेका कप्तान रोहित पौडेलको सहयोगी भूमिका खेल्नुपर्नेमा आफैं ठूलो हिट गर्न खोज्दा उनले विकेट गुमाएका थिए । उनको विकेट लिएसँगै खेलमा नेदरल्यान्ड्स हावी भएको थियो ।

सो म्याचमा रुपेशसँगै डेब्यू गरेका थिए किरण ठगुन्नाले । उनले कुनै प्रभाव पार्न सकेनन् । घरेलु प्रतियोगिताहरुमा राम्रो प्रदर्शन गर्दै आएका किरणको अन्तर्राष्ट्रिय डेब्यू भने विर्सनलायक नै बन्यो । २५ बल खेल्दा उनले १५ रन मात्रै जोड्न सके । उनी पनि ठूलो सट खेल्ने चक्करमा आउट भएका थिए । किरणले थुप्रै डट बलहरु खेल्दा नेपाललाई रन रेटको दवाव बढेको थियो ।

यी दुवै ब्याटरहरुले दोस्रो म्याचमा स्कटल्यान्डविरुद्ध पनि पाएको मौका खेर फाले । नेपालले ९८ रनको झिनो लक्ष्य पछ्याइरहेको थियो तर कठिन पिचमा ब्याट्सम्यानहरुलाई सजिलो थिएन । यस्तोमा सातौं क्रममा आएका किरण र आठौं क्रममा आएका रुपेश दुवैसँग सम्हालिएर ब्याटिङ गर्दै नेपाललाई जितसम्म डोहोर्याउने चुनौति थिए । उनीहरु दुवै यसमा चुके ।

रुपेश ७ बलमा तीन रन मात्रै जोडेर सातौं विकेटका रुपमा पेभिलियन फर्किएका थिए । ठगुन्नाले भने क्रिजमा टिक्ने प्रयास गरे । तर अन्तिम ओभरको चौंथो बलमा अनावश्यकरुपले छक्का हान्ने प्रयास गर्दा उनी आउट भए । नेपाललाई तीन बल बाँकी छँदा जितका लागि एक रन मात्रै चाहिएको अवस्थामा किरणले ठूलो सट खेल्ने धृष्टता गरेका थिए । जसले गर्दा उनी ‘विनिङ रन’ हान्ने वञ्चित भए ।

यस्तै, तेस्रो प्रतिस्थापन खेलाडी लोकेश बम पनि चल्न सकेका छैनन् । उनलाई दुवै म्याचमा नेपालले ओपनिङमै उतारेको थियो । आसिफ शेखलाई बाहिर राखेर कुशल भुर्तेलको जोडी बनाइएका लोकेश दूई म्याचमा क्रमशः शून्य र नौ रनमा आउट भए ।

लोकेशको क्षमतामा शंका छैन । उनले एनपीएलदेखि अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा समेत आफूलाई प्रमाणित गरिसकेका छन् । खासगरि उनी टि २० कै लागि बनेका ब्याट्सम्यान हुन् । तर, विदेशी मैदान र प्रतिकुल कन्डिसनमा उनी अभ्यस्त हुन बाँकी नै छ ।

नेपालले आफ्नो प्रमुख फास्ट बलर नन्दन यादवलाई पनि चोटका कारण गुमाएको छ, जसले गर्दा बाँकी खेलहरुमा नेपालको फास्ट बलिङ कमजोर बन्न पुगेको छ । रुपेश फास्ट बलिङ अलराउन्डर हुन् । पहिलो खेलमा उनलाई कप्तानले बलिङमा पनि उतारेका थिए । तर, उनले कुनै प्रभाव देखाउन सकेनन् । ३ ओभर बलिङ गरेका उनले ३१ रन खर्चेर विकेटविहीन रहे ।


प्रकाशित : २०८२ असार ५, बिहीबार १५:०७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

भर्खरै

  • जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

  • रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

  • तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

  • रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

  • रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech