ताजा अपडेट

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

चीन र रुसको सतर्कता: इरान संकटले ‘नयाँ ध्रुव’ को एकता अस्थिर देखायो

लुम्बिनी दर्पण डेस्क २०८२ असार २३, सोमबार १०:३९
[sharethis-inline-buttons]

रुसले युक्रेनविरुद्धको युद्धमा चीन, उत्तर कोरिया र इरानको सहयोग लिएपछि केही अमेरिकी र बेलायती अधिकारीहरूले यसलाई नयाँ ध्रुवको संज्ञा दिए ।

यी चार देशहरू अमेरिका र यसका सहयोगीहरूप्रति अधिनायकवादविरुद्ध  एकजुट भएको जस्तो देखिन्थ्यो ।  तर, इरानले रुसलाई युद्धका लागि ड्रोन र ब्यालिष्टिक मिसाइलहरू बेचेको र चीनलाई तेल आपूर्ति गरे पनि कुनै फलदायी परिणाम दिएन । यसले यी राष्ट्रहरूबीचको एकतामाथि शंका उत्पन्न गरायो ।

अन्य तीन देशहरूले इरानलाई इजरायलसँगको युद्धमा वा अमेरिकी सेनाले इरानी आणविक स्थलहरूमा बमबारी गर्दा सहयोग गर्न हतार गरेनन् । चार देशहरूमध्ये सबैभन्दा शक्तिशाली दुई देश, चीन र रुसले अमेरिकी कदमको औपचारिक निन्दा गरे । तर, इरानलाई भौतिक रूपमा सहयोग गर्न कुनै कदम चालेनन् ।

यो द्वन्द्वमा रुस र चीनले इरानको उद्धारमा हतार नगरेको कार्नेगी रसिया युरेसिया केन्द्रका निर्देशक अलेक्जेन्डर गाबुएभले बताए । “यसले समग्र ध्रुवको अवधारणा नकार्छ । हरेक देश आफैँमा निकै स्वार्थी छन् र अरूको युद्धमा फस्न चाहँदैन,” उनले थपे, “यी युद्धहरू र द्वन्द्वहरू फरक–फरक प्रकृतिका छन् । यी देशहरूले अमेरिका र यसका सहयोगीहरूले जस्तो संरचना, मूल्य र संस्थागत सम्बन्धहरू बताउँदैनन् ।”

यी चार राष्ट्रहरू सबैमा अधिनायकवादी  शासन प्रणाली छ । र, अमेरिकाप्रति शत्रुता राख्छन्, जसले परम्परागत रूपमा यी देशहरूलाई कमजोर बनाउने र उनीहरूको वैधानिकतामाथि चुनौती दिने लक्ष्य राख्छ । यी देशहरूबीच केही रणनीतिक सम्बन्धहरू पनि छन् । उनीहरूले एकअर्कासँग व्यापार र हतियार प्रविधि साझेदारी गरेर अमेरिका नेतृत्वको आर्थिक प्रतिबन्धहरूलाई कमजोर बनाएका छन् ।

यी देशहरूमध्ये रुस र उत्तर कोरियाबीच मात्र पारस्परिक रक्षा सन्धि छ । रुसलाई हतियार उपलब्ध गराउनुका साथै उत्तर कोरियाले युक्रेनी सेनाविरुद्ध रुसीहरूसँगै लड्न १४ हजारभन्दा बढी सैनिकहरू पठाएको छ ।

उनीहरूको सम्बन्ध विगतमा दुवै देश कम्युनिस्ट हुनु र सन् १९५० देखि १९५३ सम्म कोरियाली प्रायद्वीपमा भएको अमेरिका–विरोधी युद्धमा आधारित छ । जसमा माओको चीनले पनि भाग लिएको थियो ।

यो इतिहासले चीन र रुसबीचको निकट सम्बन्धलाई पनि स्पष्ट गर्छ, जुन अमेरिकी सरकार र विश्वको अधिकांश हिस्साका लागि सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्धहरूमध्ये एक हो ।

दुई देशका नेताहरूले धेरै वर्षदेखि व्यक्तिगत सम्बन्ध स्थापित गरेका छन्, र उनीहरूका सरकारहरूले रुसले फेब्रुअरी २०२२ मा युक्रेनमाथि पूणयुद्धमा जानुभन्दा केही हप्ताअगाडि कुनै सीमा नभएको साझेदारी भएको घोषणा गरेका थिए ।

चीनले अझै पनि ट्रम्पअघिको अमेरिका र लोकतान्त्रिक राष्ट्रहरूले प्रवर्द्धन गरेका केही अन्तर्राष्ट्रिय मान्यताहरू पालना गर्नुको महत्व देख्छ । युद्धको समयमा रुसलाई ठूलो मात्रामा हतियार सहायता पठाउन चाहेको छैन । तर, अमेरिकी अधिकारीहरूका अनुसार यसले रुसको रक्षा औद्योगिक आधार पुनर्निर्माणमा सहयोग गरेको छ । रुसी तेलको सबैभन्दा ठूलो खरिदकर्तामध्ये एक बनेको छ ।

रुस र इरानबीच यस्तो प्रकारको सम्बन्ध कहिल्यै रहेन । जसमा एउटा मुद्दा धर्मसँग सम्बन्धित छ । इरान एउटा धार्मिक शासन (थियोक्रेसी) भएको देश हो, जसको शासकीय संरचनालाई अन्य तीन धर्मनिरपेक्ष, परम्परागत रूपमा समाजवादी राष्ट्रहरूले शंकाको दृष्टिकोणले हेर्छन् ।

रुस र चीन दुवैले इस्लामिक कट्टरपन्थको फैलावटलाई चिन्ताको रूपमा हेर्छन् । चीनका नेता सी जिनफिङले मध्यम इस्लामिक समुदायविरुद्ध पनि कठोर कदम चालेका छन्, आफ्नो देशको उत्तरपश्चिममा रहेका उइघुर र काजाख जातीय समूहहरूको केही इस्लामिक अभ्यासहरूलाई दबाएका छन् ।

पुटिन र राष्ट्रपति ट्रम्पले जुन १४ मा इजरायल–इरान युद्धबारे फोनवार्ता  गरे । पुटिनले मध्यस्थता गर्ने प्रस्ताव राखे । पुटिनले रुसले इरानलाई आणविक ऊर्जा संयन्त्र निर्माणमा सहयोग गरेको छ । थप दुई रियाक्टरहरूमा सहायता प्रदान गरिरहेको सार्वजनिक रूपमा बताए ।

उनले इरानसँग रुसको साझेदारीको कुरा गरे पनि युद्धमा इरानलाई सहयोग गर्ने प्रतिबद्धताप्रतिबारे अनिच्छा व्यक्त गरे ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले जुन २३ मा मस्कोमा पुटिनसँग भेट गरे, जुन अमेरिकी हवाई आक्रमणको भोलिपल्ट थियो । तर, रुसी पक्षको भेटघाटको सारांशमा सामान्य कूटनीतिक समर्थनको अभिव्यक्तिबाहेक खासै केही उल्लेख थिएन । त्यही दिन इरानले कतारमा रहेको अमेरिकी सैन्य अखडामा प्रतीकात्मक मिसाइल आक्रमण गर्‍यो । त्यसपछि इजरायल र अमेरिकासँग युद्धविराममा सहमत भयो ।

चीनले पनि यो संकट विकसित हुँदा तटस्थ भएर अवलोकन गर्‍यो । सी जिनफिङले भने, “सबै पक्षले द्वन्द्वलाई कम गर्न काम गर्नुपर्छ ।” जब ट्रम्पले इरानमाथि अमेरिकी आक्रमणको आदेश दिए, चीनले उक्त आक्रमणको कडा निन्दा गर्दै संयुक्त राज्य अमेरिकालाई संयुक्त राष्ट्र संघको बडापत्र उल्लंघन गरेको आरोप लगायो ।

तर रुसजस्तै चीनले पनि इरानलाई भौतिक सहयोग पठाएन । यद्यपि, चीनले क्षेत्रीय द्वन्द्वहरूमा कहिलेकाहीँ आधिकारिक अडान लिन्छ । तर, प्रायः आफ्ना स्वार्थहरू सन्तुलनमा राख्न तटस्थ देखिन खोज्छ । वर्षौंदेखि चीनले इरानका दुई प्रतिद्वन्द्वी साउदी अरब र संयुक्त अरब इमिरेट्ससँग सम्बन्ध विस्तार गर्दै आएको छ । साउदी अरब इरानजस्तै चीनको लागि ठूलो तेल निर्यातकर्ता हो ।

विस्तारित क्षेत्रीय युद्धले ती देशहरूबाट चीनको तेल आयातलाई जोखिममा पार्न सक्छ । त्यसैले चीनले शत्रुता भड्काउनुभन्दा शान्ती कायम गर्न खोज्छ ।

मध्यपूर्वमा तटस्थ मध्यस्थकर्ता बन्ने चीनको उद्देश्य सन् २०२३ को मार्चमा स्पष्ट भयो, जब यसले इरान र साउदी अरबबीच कूटनीतिक सम्झौता सम्पन्न गर्न सहयोग गर्‍यो ।

चीनले त्यही अवसरलाई उपयोग गरेर इरानको क्षेत्रीय साझेदार सिरियासँग (त्यतिबेला बसर अल असदको शासन थियो) नजिकको सम्बन्ध विकास गर्‍यो ।

त्यो समयमा चीनको मध्यपूर्वमा प्रभाव उच्चतम बिन्दुमा थियो । पेकिङ विश्वविद्यालयमा पढाएका र चीनको विदेश नीति अध्ययन गर्ने नेपल्सको ‘एल ओरिएन्टाले’ विश्वविद्यालयका प्राध्यापक एन्रिको फार्डेलाले भने, “अब, इरान युद्धले कमजोर भएको र बशर अल–असदलाई विद्रोहीहरूले सत्ताच्युत गरेको अवस्थामा, चीनले इरान–इजरायल द्वन्द्वको वरिपरि सावधानीपूर्वक कदम चालिरहेको छ । यसको उद्देश्य यो क्षेत्रमा कुन सरकार, राजनीतिक समूह वा लडाकु समूहहरू सबैभन्दा शक्तिशाली बनेर उदाउँछन् भनेर हेर्न सकियोस् ।”

वासिङ्टनस्थित स्टिम्सन सेन्टरकी चीनको विदेश नीति अध्ययनकर्ता युन सनले चीन, रुस, इरान र उत्तर कोरियाको लागि ध्रुवको अवधारणा अझै पनि मान्य भएको तर्क गर्छिन् । यद्यपि, यी चार देशहरूबीच पारस्परिक रक्षा सम्झौता छैन । र, उनीहरूले अमेरिका विरोधी, पश्चिम विरोधी र उदार लोकतन्त्र विरोधी दृष्टिकोण राख्छन् ।

तर, चीनको इरानप्रतिको समर्थनमा सीमाहरू रहेको सनले बताउँछिन् । चिनियाँ अधिकारीहरूलाई इरानको धार्मिक नेतृत्वप्रति विश्वासको कमी छ, र उनीहरूले इरानलाई बाह्य सम्बन्धमा अति अन्जान, अवसरवादी, अनिर्णय र अस्थिर ठान्ने गरेको उनी बताउँछिन् ।

चिनियाँ अधिकारीहरूलाई इरान उत्तर कोरियाजस्तै एउटा अलग्गिएको देश हो र सम्बन्धमा कहिलेकाहीँ उतार–चढाव आए पनि इरानलाई चीनको आवश्यकता छ भन्ने थाहा छ ।

इरानले इजरायलसँग युद्धविराममा सहमति जनाएपछि जुन २६ मा इरानका रक्षा मन्त्री अजिज नसिरजादेहले युद्ध सुरू भएपछिको चीनको छिङदाओ सहरमा पहिलो विदेश यात्रा गरे जहाँ चीन र रुस नेतृत्वको युरेसियाली सुरक्षा समूह, सांघाई सहयोग संगठनको बैठकमा सहभागी भएका थिए ।


प्रकाशित : २०८२ असार २३, सोमबार १०:३९

लुम्बिनी दर्पण डेस्क

लेखकबाट थप

  • भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै
  • तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण
  • घोषणापत्रको जार्गनमा नअल्झिएको मतदाता
  • मुर्गिया स्पोर्टस क्लब सैनामैना देवदह बी-लेभल पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बने
  • अर्थतन्त्रका सूचकहरूले सकारात्मक संकेत देखाएपनि ठूला चुनौती कायमै छन् – अर्थमन्त्री
प्रतिक्रिया

यो पनि पढौँ

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी

अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ

भर्खरै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

  • सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

  • बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

  • शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

  • मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

  • रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech