लुदस, जीतपुर
कपिलवस्तुको बुद्धभुमी ९ मा रहेको गब्दवा नाकामा ४ वर्षदेखि ठेकेदार कृष्ण पोख्रेलको रजगज रहेको छ ।
यसवर्षपनी ठेकेदार कृष्ण पोख्रेलले सेटिङ्गमै ठेक्का हत्याए , नगरपालिकाका केही कर्मचारी र जनप्रतिनिधि ठेकेदार कृष्ण पोख्रेलको कमिशनमा र्याल काडेपछी गब्दवा नाका उनको कब्जामा पुग्यो नाकामा पोख्रेलले बुटवल गोरुसिंगे सड्क आयोजनालाई समेत खोला बेच्नेगरि सेटिङ्ग मिलाएपछी नदिमा बम्रलुट मच्चिएको छ ।
गत १८ गतेबाट जेष्ठ मसान्तसम्म नगरले ९ लाख ५६ हजार ८ सय ३४ घनमिटरका लागि ठेक्का दिएको थियो ।

तर सो मापदण्ड छलि गर्न ठेकेदार पोख्रलले नदिबाटै नदिजन्य पदार्थ सडक आयोजना र विभिन्न आयोजनालाई विक्रि वितरण गरिरहेका छन् । देशको पछिल्लो अवस्था लाई समेत चुनौती दिदै पोख्रेलको मनपरि भएपछी स्थानीयले नगरदेखि स्थानिय प्रहरी प्रशासनलाई समेत खबर गर्दा समेत बेवास्ता गरेको चमशद गाउँका नाथुराम थारुले बताए ।
पोख्रेलको बम्रलुट समान्य भने छैन् उनका कर्मचारीहरुले पत्रकारहरु पुगेको थाहा पाएपछी नदिबाट सोझै विक्रि गरेका केही टिप्परलाई अन्यतै डम्पिङ्ग गर्न लगाए । तर त्यो धेरै समय टिकेन नगरले नगर प्रहरी खटाएपनी तिनिहरु निरिह जस्तै बनेका छन् ।
नगर प्रहरी बम्रलुट भएको टुलुटुलु हेर्न बाध्य छन् । सिद्धार्थ स्मारक मा.वि नजिक डपिङ्ग गरेको भएतापनी त्यसको ठिक पछाडी गब्दवा नदि छ नदिमा ठडिएको स्काभेटरबाट लोड भई टिप्परका टिप्पर नदिजन्य पदार्थ सोझै बाहिर विक्रि भैरहेको छ ।
त्यसो त उनले हालसम्म तोकेको मापदण्डको दुईगुना नदिजन्य पदार्थ निकासी गरिसकेको जानकारहरु बताउछन् ।




















