ताजा अपडेट

बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका

गीता मृत्यु प्रकरण : थप दुई जना चिकित्सक पक्राउ

विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

पूर्वमन्त्री दीपक साहले पोखे असन्तुष्टि

बजारमा केराको हाहाकार, कालीमाटीले मूल्यसूची राख्नै छाड्यो

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

किन विश्व अमेरिकालाई ‘खलनायक’ मान्दैछ, चीनको पक्षमा बढ्दै जनलहर?

लुम्बिनी दर्पण डेस्क २०८२ असार ३२, बुधबार १३:२७
[sharethis-inline-buttons]

विश्वका धेरै देशमा चीन र चिनियाँ नेता सी चिनफिङप्रतिको दृष्टिकोणमा सुधार भइरहेको पाइएको छ । तर, अमेरिका र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रतिको दृष्टिकोणमा कमी आइरहेको देखिएको छ ।

प्यू रिसर्च सेन्टरले करिब दुई दर्जन देशमा गरेको नयाँ सर्वेक्षणले दुवै महाशक्ति देश र तिनका नेताहरूप्रति अन्तर्राष्ट्रिय दृष्टिकोणमा सन् २०२० को तुलनामा लगातार अन्तर कम हुँदै गएको देखाएको हो ।

मंगलबार जारी गरिएको सर्वेक्षणमा जो बाइडनको कार्यकालमा उनको र चिनियाँ राष्ट्रपतिप्रति विश्वव्यापी दृष्टिकोणमा निकै अन्तर भए पनि अब ट्रम्पको सत्तामा आगमन र विशेष गरी ट्यारिफ मुद्दालाई लिएर अमेरिकाको छवि विश्वव्यापीरूपमा लगातार बिग्रँदै गएको देखिएको छ ।

प्यू रिसर्चले २४ देशमा गरेको सर्वेक्षणमा आठ देशको दृष्टिकोण अमेरिकाप्रति राम्रो रहेको देखिएको छ । सात देशको नजरमा चीन धेरै राम्रो सहयोगी देश हो । दुई देशले दुवै देशलाई बराबरमा राखे । यद्यपि, सर्वेक्षणले विश्वव्यापी दृष्टिकोणमा परिवर्तनको कारण खुलाएको छैन ।

रिसर्चकी एसोसिएट डाइरेक्टर लौरा सिल्भरले अमेरिकालाई अब विश्वका देशहरूले कम भरपर्दो सहयोगी देश मान्न थालेको र विश्वका देशहरूको अमेरिकाप्रतिको विश्वास पनि घटेको बताइन् ।

चीनको सरकार मानव अधिकारसम्बन्धी नीति र महामारीसँग जुध्ने तरिकालाई लिएर विश्वव्यापीरूपमा निसानामा परेको छ । अमेरिकामा डेमोक्रेटिक सिनेटरको एक समूहले पनि यो हप्ता ट्रम्प प्रशासनमाथि विदेशी सहायता कार्यक्रम बन्द गरेर, सहयोगी देशहरूमाथि ट्यारिफ लगाएर, विदेशी विद्यार्थीमाथि भिसा प्रतिबन्ध लगाएर र प्रतिष्ठित विश्वविद्यालयमाथि नियन्त्रण गरेर ट्रम्प प्रशासनले अमेरिकाको विश्वव्यापी प्रभावलाई ठूलो क्षति पुर्‍याइरहेको आरोप लगाएका थिए ।

अब प्यू रिसर्चको सर्वेक्षणले पनि यसको पुष्टि गरेको छ । प्यू रिसर्चको सर्वेक्षणमा उच्च आय भएका देशहरू (क्यानडा, फ्रान्स, जर्मनी र इटाली आदि)का ३५ प्रतिशत मानिस अमेरिकाप्रति सकारात्मक राय राख्छन्, जबकि यो आँकडा गत वर्ष ५१ प्रतिशत थियो ।

उच्च आय भएका पश्चिमी देशहरू जो अहिलेसम्म अमेरिकाका नजिकका मित्र थिए । त्यहाँ पनि चीनको स्वीकार्यता बढेको र अब धनी देशहरूका ३२ प्रतिशत मानिस चीनप्रति सकारात्मक सोच्छन् ।

यो गत वर्षको आँकडा २३ प्रतिशत थियो । इजरायलका मानिसहरू अझै पनि अमेरिकाप्रति सकारात्मक छन् र ८३ प्रतिशत इजरायलीले अमेरिकालाई मन पराउँछन् । यता चीनप्रति सकारात्मक सोच राख्ने मानिसहरू पनि ३३ प्रतिशत छन् । तिनमा ६९ प्रतिशत मानिसहरू ट्रम्पलाई मन पराउँछन् । जबकि, ९ प्रतिशत मानिसहरूले मात्र सी चीनफिङलाई राम्रो मान्छन् ।

प्यूले ८ जनवरीदेखि २६ अप्रिलसम्म २५ देशका ३० हजारभन्दा बढी मानिसहरूको सर्वेक्षण गरेको थियो । प्रत्येक देशका लागि त्रुटिको मार्जिन प्लस वा माइनस २.५ देखि प्लस वा माइनस ४.७ सम्म थियो ।


प्रकाशित : २०८२ असार ३२, बुधबार १३:२७

लुम्बिनी दर्पण डेस्क

लेखकबाट थप

  • तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण
  • घोषणापत्रको जार्गनमा नअल्झिएको मतदाता
  • मुर्गिया स्पोर्टस क्लब सैनामैना देवदह बी-लेभल पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बने
  • अर्थतन्त्रका सूचकहरूले सकारात्मक संकेत देखाएपनि ठूला चुनौती कायमै छन् – अर्थमन्त्री
  • चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी सर्वसम्मत
प्रतिक्रिया

यो पनि पढौँ

बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका

गीता मृत्यु प्रकरण : थप दुई जना चिकित्सक पक्राउ

विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

पूर्वमन्त्री दीपक साहले पोखे असन्तुष्टि

बजारमा केराको हाहाकार, कालीमाटीले मूल्यसूची राख्नै छाड्यो

सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

भर्खरै

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका

  • गीता मृत्यु प्रकरण : थप दुई जना चिकित्सक पक्राउ

  • विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

  • पूर्वमन्त्री दीपक साहले पोखे असन्तुष्टि

  • बजारमा केराको हाहाकार, कालीमाटीले मूल्यसूची राख्नै छाड्यो

  • जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech