सिन्धुली बिपि राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।काठमाडौंबाट बर्दिबासतर्फ आइरहेको पिक अप भ्यान बिपि राजमार्गस्थित सुनकोसी गाउपालिका ६ सितलपाटिमा दुर्घटना हुँदा मकवानपुर मनहरी गाउपालिका ४ का धर्मराज रेग्मिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
बिहान करिब ३ बजे मृतक धर्मराजका भाइ निरोज रेग्मिले चलाएको उक्त गाडी सडकबाट करिब पाँच सय मिटर तल खोंचमा खसेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका धर्मराजलाइ उपचारका लागि खुर्कोटस्थित सुनकोसी सामुदायिक अस्पतालमा चेकजाँच गराउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
गाडी चालक निरोजको धुलिखेल अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुर्यप्रकाश सुबेदिले जानकारी दिनुभयो ।



















