ताजा अपडेट

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

बाघले आक्रमण गर्दा कपिलवस्तुकी एक महिलाको मृत्यु

Lumbini Darpan 1 २०८२ पुष १२, शनिबार ०६:०१
[sharethis-inline-buttons]
लुदस, जितपुर, कपिलबस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका–१०, अमौली गाउँ यतिबेला शोकमा डुबेको छ। शुक्रबार बिहान सधैँझैँ घाँस दाउराका लागि घर नजिकैको जङ्गल पसेकी ३० वर्षीया उर्मिला कोरीको बाघको आक्रमणबाट बीभत्स मृत्यु भएपछि सिङ्गो गाउँ स्तब्ध बनेको हो।

नेपाल–भारत सीमा नजिकै रहेको भारतीय भूभागको बलरामपुरस्थित बेलभरिया जङ्गलमा उर्मिलालाई बाघले झम्टेको थियो। उनीसँगै अन्य छिमेकी महिला पनि घाँस काट्न गएका थिए। अचानक झाडीबाट निस्किएको बाघले उर्मिलालाई निसाना बनायो।  आक्रमण गरेर घिसार्दै केही पर पुर्‍याएको प्रत्यक्षदर्शीले बताएका छन्।

इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक महेश आचार्यका अनुसार बाघको आक्रमणबाट उर्मिलाको घटनास्थलमै मृत्यु भएको हो। ‘मृतकको घाँटी र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ’, आचार्यले भने। हाल उनको शवलाई पोस्टमार्टमका लागि भारतको बलरामपुर अस्पतालमा राखिएको छ।

मृतक उर्मिलाको पारिवारिक अवस्था निकै नाजुक रहेको स्थानीयले बताएका छन्। विपन्न दलित समुदायकी उर्मिलाको परिवार पूर्ण रूपमा कृषि र ज्यालामजदुरीमा आश्रित छ। घरको गर्जो टार्न र गाईवस्तुका लागि घाँस जुटाउन उनी दैनिक जङ्गल जाने गर्थिन्। उनी आफ्ना साना छोराछोरी र श्रीमानलाई घरमा छाडेर जङ्गल गएकी थिइन्।

नेपाल र भारतको सिमानामा पर्ने बेलभरिया जङ्गल क्षेत्रमा पछिल्लो समय हिंसक वन्यजन्तुको चहलपहल बढेको छ। कपिलवस्तुका सीमावर्ती गाउँका बासिन्दा इन्धन र घाँसका लागि भारतीय जङ्गलमा निर्भर हुनुपर्ने बाध्यताले यस्ता घटनाहरू दोहोरिने गरेका छन्।

बाघको आक्रमणपछि डिभिजन वन कार्यालय गौतमबुद्धले एक सूचना जारी गर्दै स्थानीयलाई सचेत रहन आग्रह गरेको छ। वन कार्यालयले जङ्गलमा अनावश्यक रूपमा नपस्न, एक्लै नहिँड्न र जङ्गल नजिकका बस्तीहरूमा विशेष सावधानी अपनाउन अपिल गरेको छ।

अमौली गाउँका स्थानीयहरू भने त्रसित छन्। पीडित परिवारलाई राहत र उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयले सरकारको ध्यानाकर्षण समेत गराएका छन्।


प्रकाशित : २०८२ पुष १२, शनिबार ०६:०१

Lumbini Darpan 1

लेखकबाट थप

  • जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग
  • प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन
  • मन सफा छ, व्यवहार सरल छ
  • बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन
  • करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री
प्रतिक्रिया

यो पनि पढौँ

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

घरायसी विवादमा श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

वीरगन्जका मेयर सिंहलाई धरौटीमा रिहा गर्न आदेश

भर्खरै

  • जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

  • प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

  • मन सफा छ, व्यवहार सरल छ

  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

  • बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

  • करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech