काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो ।
परीक्षामा चार लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी भएकामा ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेदेखि भएको थियो ।




















