काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै रिक्त रहेको उक्त पदमा नियुक्तिका लागि इच्छुक तथा योग्य उम्मेदवारहरूबाट आवेदन माग गरेको हो ।
दरखास्त दिने म्याद साउन ८ गतेसम्म छ । उम्मेदवारका लागि न्यूनतम योग्यता, दरखास्त फाराम र दरखास्त साथ संलग्न गर्नुपर्ने आवश्यक कागजात लगायतको विस्तृत जानकारी सञ्चार मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको सूचनामा उल्लेख छ ।





















