जितपुर । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान, बाणगंगा नगर कार्यसमितिको प्रथम बैठक आइतबार बाणगंगा–बैरियामा सम्पन्न भएको छ।
बैठकले प्रतिष्ठानको अधिवेशन सम्पन्न गर्न सहयोग पुर्याउने राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान केन्द्र, लुम्बिनी प्रदेश, कपिलवस्तु जिल्ला समिति तथा भागीरथी गौशाला मधुवन,कपिलवस्तुप्रति धन्यवाद ज्ञापन गरेको छ।
बैठकले बाणगंगा नगर कार्यसमितिको नियमित बैठक सञ्चालन गर्नुका साथै नगरका विभिन्न वडामा वडा समिति गठन गर्ने निर्णय गरेको नगर अध्यक्ष गोविन्द घिमिरेले जानकारी दिए। लोकभजन तथा चुड्काको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणका लागि नगरस्तरमा गतिविधिलाई थप व्यवस्थित बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ।
यसैबीच, २०८३ साल असोज ४ गते भागीरथी गौशाला मधुवनमा सम्पन्न प्रतिष्ठानको प्रथम अधिवेशनबाट निर्वाचित बाणगंगा नगर कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई लुम्बिनी प्रदेश उपाध्यक्ष थानेश्वर अधिकारीले निर्वाचित प्रमाणपत्र वितरण गरेका थिए।
बैठकमा प्रतिष्ठान लुम्बिनी प्रदेश उपाध्यक्ष थानेश्वर अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा प्रदेश सदस्य पूर्णचन्द्र परियार र माया पौडेल, प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष बुद्धिसागर बेल्बासे,सचिव लिलापति घिमिरे तथा कोषाध्यक्ष घनश्याम घिमिरेको आतिथ्यता रहेको थियो।
नगर अध्यक्ष गोविन्द घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन नगर कार्यसमितिका सचिव हरि गैरेले गरेका थिए।




















