समाजवादी प्रेस सङ्गठन दर्ता हुने तयारीमा

काठमाडौँ ,आश्विन २   नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० निकट समाजवादी प्रेस सङ्गठन नेपाल दर्ताको प्रक्रियामा रहेको छ । सङ्गठनको विधानमा १५१ केन्द्रीय कार्यसमितिको व्यवस्था गरिएको छ । सङ्गठनलाई प्रभावशाली ढङ्गबाट सञ्चालन गर्न केन्द्रीय समितिमा २४ पदाधिकारीको व्यवस्था गरिएको छ । केन्द्रीय समितिको एक तिहाइ सदस्यबाट सचिवालय गठन र सचिवालयको...

पत्रकार र युवा उद्यमीमाथि कुटपिट

कञ्चनपुर ,आश्विन २ कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा पत्रकार विमल धामी र युवा उद्यमी सन्देश पाण्डेयमाथि निर्घात कुटपिट गरिएको छ । युवा उद्यमी पाण्डेयमाथि कुटपिट गरेर भाग्दै गरेका खत्रीको समूहलाई पत्रकार धामीले कुटपिटको कारण सोधपुछ गर्न खोज्दा कुटपिट गरेको जानकारी दिइएको छ ।युवा उद्यमी पाण्डेयको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ...

बैंकहरूले बढाए ब्याजदर

काठमाडौं,आश्विन २ कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर वृद्धि गरेका हुन् । बैंकहरूले निक्षेपमा अधिकतम १० प्रतिशतसम्म ब्याज दिने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेका तथ्याङ्कानुसार सनराइज बैंकले मुद्दति निक्षेपमा सबैभन्दा बढी...

Latest Posts

समाजवादी प्रेस सङ्गठन दर्ता हुने तयारीमा

काठमाडौँ ,आश्विन २  ...

एशियन कंक्रिटो : १५०० मजदुरले गर्ने काम उपकरणको प्रयोग गरी २५ जनाले

चितवन ,आश्विन २ मानवीय...

आइसिसी विश्वकप क्रिकेट लिग-२ मा अमेरिकासँग नेपाल पराजित

काठमाडौं,आश्विन २ आईसीसी विश्वकप...

पत्रकार र युवा उद्यमीमाथि कुटपिट

कञ्चनपुर ,आश्विन २ कञ्चनपुरको...

Latest Posts

समाजवादी प्रेस सङ्गठन दर्ता हुने तयारीमा

काठमाडौँ ,आश्विन २   नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० निकट समाजवादी प्रेस सङ्गठन नेपाल दर्ताको प्रक्रियामा रहेको छ । सङ्गठनको विधानमा १५१ केन्द्रीय कार्यसमितिको व्यवस्था गरिएको छ । सङ्गठनलाई प्रभावशाली ढङ्गबाट सञ्चालन गर्न केन्द्रीय समितिमा २४ पदाधिकारीको व्यवस्था गरिएको छ । केन्द्रीय समितिको एक तिहाइ सदस्यबाट सचिवालय गठन र सचिवालयको एक तिहाइ सदस्यको सहभागितामा कार्यालय […]

Arv

l

कोरोना सतर्कता : हल्लाको पछि नलाग्न सरकारको आग्रह

लुदअ काठमाण्डौ, चैत्र ८

काठमाण्डौका केही अस्पतालमा कोरोना सङ्क्रमित भेटिएका र उनीहरुको ज्यान गएको भन्ने हल्लाको पछि नलाग्न सरकारले आग्रह गरेको छ ।
नेपालमा अहिलेसम्म एकजना बाहेक कसैमा पनि कोरोना नभएको पाइएको र उनी पनि निको भैसकेकाले हल्लाको पछि नलाग्न सरकारले आग्रह गरेको हो । अहिलेसम्म कोरोनाको लक्षण मिलेका ५ सय ४६ सय जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि गएको माघ ९ गते चीनबाट आएका एकजनामा कोरोना भएको पुष्टि भएको थियो । अहिले ति व्यक्ति पनि निको भएर काममा फर्किसकेकाले नेपालमा कोरोना संक्रमित नरहेका विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

अहिलेसम्म कोरोनासँगको लक्षण मिलेपछि काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ६० जना र ललितपुरको लगनखेलमा रहेको पाटन अस्पतालमा ९ जनालाई आइसोलेशन अर्थात डाक्टरको निगरानीमा राखिएको तर उनीहरुमा कोरोना नभएको पुष्टि भएपछि घर पठाइएको अस्पतालले जनाएको छ ।

कोरोनाको शंका लागेका बिरामीलाई डाक्टरको निगरानीमा राख्ने गरिएको छ भने उनीहरुको नमुना परीक्षण गर्दा कोरोना नभए घर पठाउने गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताउनुभयो ।

अहिलै मौसमी रुघाखोकी लाग्ने समय नै भएकाले पनि नआत्तिन तर सावधानी भने अपनाउन उहाँले आग्रह गर्नुभयो । तर रुघाखोकी लागेपछि अरुसँगको दुरी भने बढाउन पनि उहाँले अनुरोध गर्नुभएको छ ।

बारम्बार साबुनपानीले हात धुने गर्नाले कुनै पनि सङ्क्रमण फैलिनबाट जोगिन सकिने सरुवारोग विशेषज्ञले बताएका छन् । सरकारले कोरोना प्रभावित देशबाट आएका व्यक्तिलाई १४ दिन क्वारेन्टाइन अर्थात परिवारबाट छुट्टै बस्न आग्रह गर्दै आएको छ ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: