कपिलवस्तुको कृष्णनगर नगरपालिकामा आठ जना संकमित भेटिए

ByLumbini Darpan Online

३१ बैशाख २०७७, बुधबार १५:११ ३१ बैशाख २०७७, बुधबार १५:११ ३१ बैशाख २०७७, बुधबार १५:११

लुदअ, चारनम्बर ।

कपिलवस्तुको कृष्णनगरमा बुधबार साँझ आठ जना नयाँ संकमित भेटिएका छन् । उनीहरु नगरपालिकाको महेन्द्र मा.वि. क्वारेनटाइनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताएका छन् ।

भर्खरै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार जिल्लाका ८ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै कपिलवस्तुमा कुल संक्रमितको संख्या ३८ पुगेको छ । दिउँसो मात्र कपिलवस्तु नगरपालिकाको वडा नं. ४ का एक पुरुषमा संक्रमण देखिएको थियो ।

यसैगरी कपिलवस्तुसंगै रुपन्देहीमा ९ जना पुरुष र तीन जना महिला पर्सामा ३ जना र नवलपरासीका १ जनामा कोरोना देखिएको छ । यो संगै नवलपरासीमा पहिलो पटक कोरोना देखिएको हो । यस संगै कपिलवस्तुका १० स्थानिय तह मध्ये ६ वटामा संक्रमण देखियको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *