लकडाउनको तेस्रो दिन थप कडाइ, शहरका भित्री क्षेत्रमा सुरक्षाकर्मीले सक्रियता बढायो

[sharethis-inline-buttons]

लुदअ १३ चैत, काठमाडौं
कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि एक साताका लागि गरेको लकडाउनको आज बिहीबार तेस्रो दिन शहर बजार सुनासान छ ।

अधिकांश सर्वसाधारण अत्यावश्यक कामबाहेक घर बाहिर निस्केका छैनन् भने सुरुक्षाकर्मीले चेकजाँचमा कडाइ गरेका छन् ।

तर कतिपयले भने लकडाउनलाई गम्भीर रुपमा नलिएको पाइएको छ । जसका कारण सुरक्षाकर्मीहरुले लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिनु परेको जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले लकडाउनको अवज्ञा गर्नेलाई कारवाही गर्ने बताएका छन् ।

हामीसँग संग कुरा गर्दै उनले शहरका भित्री क्षेत्रमा पनि लकडाउन पालना गर्न सुरक्षाकर्मी सक्रिय रहेको र सर्वसाधरणले सहयोग गरिरहेको पनि बताए ।

कतिपय स्थानमा सुरक्षाकर्मीहरुले ठाउँठाउँमा माइकिङ गर्दै घरभित्रै बस्न आग्रह गरेका छन् ।

लकडाउनको अवज्ञा गर्दै विनाकाम हिँडडुल गर्ने र सवारीसाधन चलाउनेहरुलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ ।

ऐन निर्माण भएको करिब ५७ वर्षपछि पहिलो पटक लागू भएको सङ्क्रामक रोग ऐन, २०२० को दफा २ अनुसार लकडाउनको अवज्ञा गर्नेलाई कारवाही गर्ने सरकारी तयारी छ ।


प्रकाशित : २०७६ चैत्र १३, बिहीबार ०६:०९