लुदअ चैत १४, काठमाण्डौ
नेपालमा कोरोनाका बिरामीको संख्या ४ पुगेको छ ।
संक्रमण पुष्टि भएका ३४ वर्षका पुरूषको प्रादेशिक अस्पताल धनगढीमा उपचार भैरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनी गएको चैत ११ गते दुबईबाट फर्किएका बुझिएको छ ।
यसअघि कोरोनाका १ जना बिरामी निको भइसकेका छन् भने २ जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार गराइरहेका छन् ।