ताजा अपडेट

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

यो वर्ष बाढीपहिरो र डुबानबाट ३० लाख घरपरिवार प्रभावित हुने अनुमान

लुम्बिनी दर्पण २०७७ असार २७, शनिबार १६:००
[sharethis-inline-buttons]

लुदअ असार २७, काठमाडौं
सरकारले यस वर्ष बाढी पहिरो र डुबानबाट ३० लाख घर परिवार प्रभावित हुने अनुमान गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणले पहिरोबाट साढे २ लाख घर परिवार, साढे १२ लाख बाढी, कटान, डुबानबाट र १५ लाख पानीजन्य रोग झाडापखाला, हैजाजस्ता महामारीबाट प्रभावित हुने जनाएको छ। ६ महिनाअघि सरकारले स्थापना गरेको प्राधिकरणले पहिरो, बाढी र पानीजन्य रोगबाट हुने क्षति कम भन्दा कम गर्न यस वर्ष कार्ययोजना बनाएरै काम थालेको छ। प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले वैशाख १ गते बसेको तेस्रो विपद् परिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको निर्देशनअनुसार कार्ययोजना बनाएरै विपद् व्यवस्थापनका लागि काम गरिरहेको बताएका छन्।

आफैं सतर्क बनौँ

यसवर्ष बाढी पहिरो र डुबानको जोखिम बढी भएकाले प्रभावित क्षेत्रका बासिन्दा आफैं सर्तक भएर जोगिनुपर्ने अवस्था रहेको उनले बताएका छन्। ‘हामीले विभिन्‍न प्रयास गरिरहेका छौँ, ३ दिनसम्मको मौसम पूर्वानुमान हुने गरेको छ, बाढीको जोखिम रहेको ठाउँको पनि कतिपय स्थानमा जानकारी गराइएको छ,’ उनले भने, ‘त्यस्ता ठाउँका स्थानीयले आफैं सचेत बनेर दिइएका सूचनामा पहुँच राखेर जोखिमबाट जोगिनुपर्ने अवस्था छ।

प्रजिअलाई पत्र
सरकारले तीन दिनअघि जोखिम युक्त जिल्लाका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गरिसकेको छु, उनले भने, ुजिल्लाका सुरक्षा निकायलाई अलर्ट राखिएको छ। त्यतिले मात्र पुग्दैन, विपद् व्यवस्थापनका लागि सबैको सहयोग आवश्यक पर्छ।’ विपद् जोखिम ब्यवस्थापन विज्ञ डा। कृष्ण देवकोटा स्थानीय बासीले आवश्यक सर्तकता अपनाउनुका साथै स्थानीय सरकारलाई विपद जोखिम न्युनीकरणका लागि गरिने कामको क्षमता अभिवृद्धि नगर्दासम्म यसबाट हुने क्षति रोक्न नसकिने बताउँछन्। केन्द्रमा सेमिनार र गोष्ठी गरेर मात्र जोखिम न्यूनिकरण गर्न नसकिने बताउँदै उनी योजना बनाएर काम गर्नुपर्ने बताउँछन्। उनका अनुसार नीतिमा केन्द्र, प्रदेश र स्थानीय तहको काम, कर्तव्य र अधिकार छुट्याइएको भए पनि त्यसअनुसारको क्षमता अभिबृद्धि गर्न नसक्दा उल्लेखनीय काम गर्न नसकिएको हो। विपद् जोखिम ब्यवस्थापन विज्ञ डा. देवकोटा क्षमता अनुसारको काम भने सरकारले गर्न नसकेको उनले बताएका छन्।

पूर्वानुमानको जानकारी

जल विज्ञ विनोद पराजुली बाढी र वर्षाको पूर्वानुमानलाई समयमै जनस्तरसम्म वा प्रभावित हुनसक्ने समुदाय र व्यक्तिसम्म पुर्‍याउन सके मात्रै मानवीय तथा भौतिक क्षति जोगाउन सकिने बताउँछन्। बाढी पहिरो र डुबानबाट हुने क्षति नियन्त्रण गर्न सरकारले प्रशासकीय र ब्यवस्थापकीय योजना बनाउँदै वैज्ञानिक रुपमा सोचेर ठूलै निर्णय गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ। उनका अनुसार हालसम्म देशभर जोखिमयुक्त ठाउँमा भएका बत्तीहरूलाई स्थानान्तरण गर्न नसक्नु, पहिरो जोखिम नक्सांकन गर्न नसक्नु, पहिरो पूर्व सूचना प्रणाली कमजोर हुन तथा पहिरोबाट हुने क्षति रोक्न सरकारले पर्याप्त पूर्व तयारीका काम नगर्दा धनजनको क्षति हुने गरेको छ। तर यसलाई तत्काल रोक्न नसकिए पनि सरकारले आवश्यक ऐन नियम बनाएर काम सुरु गर्नुपर्ने विज्ञहरु बताउँछन्। उनका अनुसार जोखिमयुक्त क्षेत्रमा पनि बस्तीहरु निर्माण हुदै जानु र पछिल्लो समय जलवायु परिवर्तनलाई पनि मुख्य कारण मान्न सकिन्छ। भौगर्भिक हिसाबले कमजोर भूबनोट भएको मुलुक भएकाले चुरेको क्षेत्र र पहाडी भिरालो क्षेत्र जोखिममा रहेको भन्दै उनले जहाँ वर्षा केन्द्रित हुन्छ त्यहाँ बाढी पहिरो जाने खतरा रहेको औल्याएका छन्।

टोल फ्रि ११५५

जोखिम न्यूनिकरणका लागि सरकारले अहिले राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा ब्यवस्थापन प्राधिकरण स्थापना गरेर विभिन्‍न काम गरिरहेको छ। जल तथा मौसम विज्ञान विभागले बाढी पहिरोबारे जानकारी दिन ११५५ नम्बरको टोल फ्री नम्बर र एसएमएस सेवासमेत सञ्चालनमा ल्याएको छ। त्यस्तै सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत पनि यससम्बन्धी जानकारी दिने गरिएको छ। यतिले मात्र नभएर स्थानीय तहले प्रदेश सरकार र केन्द्र सरकारसंग प्रभावकारी ढङ्गले समन्वयको काम गर्नुपर्ने जल विज्ञ पराजुलीको सुझाव छ। तर अहिले भइरहेको सरकारी प्रयास तत्कालिन रुपमा क्षति न्यूनिकरण गर्ने बाहेक दीर्घकालिन समाधान भने होइन।


प्रकाशित : २०७७ असार २७, शनिबार १६:००

लुम्बिनी दर्पण

लेखकबाट थप

  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी
  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु
  • बजेट बक्तव्य : ३१ निकाय खारेज गर्दै ,भन्सार दरमा हेरफेर
प्रतिक्रिया

यो पनि पढौँ

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

भर्खरै

  • जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

  • जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

  • प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

  • मन सफा छ, व्यवहार सरल छ

  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

  • बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

  • करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech