लुदअ १६ चैत, काठमाडौं
लकडाउनको आज छैटौ दिन । आजपनि प्रहरीहरु बिहानैबाट सडकका चोक चोकमा परिचालन भएका छन् ।
अत्यावशयक बाहेकका सवारी साधनलाई आजपनि कडाइ गरिएको छ । तर मानिसहरुको आवतजावतको क्रम भने रोकिएको छैन् ।
आज बिहानमात्रै प्रहरीले काठमाडौंमा ६ सय जनालाई ‘होल्ड’ गरेर सचेतना कक्षा दिएको छ ।
कोरोना भाइरसको जोखिम बढेपछि अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन सरकारले जारी गरेको आदेश उल्लङ्घन गर्ने ६ सय बढीलाई प्रहरीले ‘होल्ड’ गरेर सचेतना कक्षा दिएको हो ।
पक्राउ गरेर राख्दा झन् जोखिम बढ्ने भएकाले शनिबारदेखि प्रहरीले उल्लङ्घनकर्तालाई जहाँ भेटिन्छ त्यहाँ केही घण्टा होल्ड ९रोकेर राख्ने० र सचेतना दिएर जहाँबाट आएको हो त्यतै फर्काउन थालेको हो ।
आज बिहानसम्म मात्रै ५१२ पुरुष र १०५ महिलालाई यसरी सडकमै होल्ड गरेर राखिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।
उनीहरुलाई सामाजिक दूरी कायम गरी दुईदेखि तीन घण्टा ‘होल्ड’ गरिने र रोगको बारेमा जानकारी गराइने छ । सवारीसाधन भने १०३ वटालाई होल्ड गरेर राखिएको प्रहरीले जनाएको छ ।
प्रहरी नायब महानिरीक्षक पोखरेलले उपत्यकाको तीनै जिल्लामा उक्त नियम लागू गरिएको जानकारी दिए ।
आदेश उल्लङ्न गर्नेविरुद्ध कारवाहीको नयाँ नियमस्वरुप होल्ड गरेर सचेतना शिक्षा दिन थालिएको उनले जानकारी दिए ।
कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी उक्त आदेश जारी गरेको थियो ।
आदेश चैत १८ गते बिहानसम्म लागू हुने छ ।