लुदअ चैत १६, एजेन्सीँ
कोरोना भाइरसविरुद्धको अभियानमा खेलाडी तथा खेल सङ्घहरुले आ–आफ्नै तरिकाले सहयोग गर्ने घोषणा गरेका छन् ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले पनि कोरोना भाइरस (कोभिड १९) विरुद्धको अभियानमा ‘पीएम–केयर्स–फण्ड’ मा ५१ करोड भारतीय रुपैयाँ सहयोग गरेको छ ।
बीसीसीआईका अध्यक्ष सौरभ गांगुली, सचिव जय शाह, बोर्डका पदाधिकारी र अन्य राज्य सङ्घले शनिबार प्रधानमन्त्री सुरक्षा कोषमा ५१ करोड भारतीय रुपैयाँ जम्मा गरेका हुन् ।
भारतमा कोरोनाका कारण अहिलेसम्म एक हजार २९ जनामा सङ्क्रमण देखिएको छ भने २५ जनाको ज्यान गएको छ ।