आफैँले गोली हानी सशस्त्र प्रहरी घाइते

ByLumbini Darpan Online

२५ फाल्गुन २०७६, आईतवार ०६:३९ २५ फाल्गुन २०७६, आईतवार ०६:३९ २५ फाल्गुन २०७६, आईतवार ०६:३९

लुदअ फागुन २५, सर्लाही
सर्लाहीमा ड्युटीमा खटिएका एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हान्दा गम्भीर घाइते भएका छन् ।
सशस्त्र प्रहरी बल नम्बर १० गण कविलासीमा कार्यरत ३० वर्षीय आनन्द मिश्राले आफैँले बोकेको एसएलआरबाट घाँटीमा गोली हानी घाइते भएका हुन् ।

सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले घाइते मिश्राको जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचार गरी थप उपचारका लागि वीरगञ्ज पठाइएको जानकारी दिए । घटनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *