आज लकडाउनको आठौँ दिन : बाहिर निस्किँदा परिएला प्रहरीको फन्दामा !

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ चैत १८, काठमाडौं
कोरोना भाइरस फैलिन नदिन सरकारले लकडाउन गरेको आज मंगलबार सात दिन पूरा भएको छ। कोरोनाको जोखिम बढ्दै गएपछि अरु आठ दिनका लागि लकडाउन थपिएको छ। तर सरकारले कोरोना फैलिन नदिन गरेको लकडाउनमा अन्य बन्दमा जस्तै मानिसहरु सडकमा निस्किने क्रम रोकिएको छैन। रमिता हेर्ने भन्दै सडकमा निस्किनेहरु पनि भेटिएका छन्। पहिलो केही दिन खुकुलो देखिएको लकडाउनमा सर्वसाधरणले अटेरी गरेपछि प्रहरीले पक्राउ गर्न थालेको छ। प्रहरीले काठमाडौंको चक्रपथमा सडकमा निस्किएका मानिसहरुलाई मंगलबार पक्राउ गर्दै चोकमा जम्मा गरेर राखेको छ ।

सरकारले लकडाउन घोषणा गरेपछि अत्यावश्यक सामान किन्‍न समय दिएको छ। तर मानिसहरु बिहान, दिउँसो, बेलुका मनलाग्दी सडकमा निस्किरहेका छन्। त्यहीकारण प्रहरीले कडाइका साथ मानिसहरुलाई पक्राउ गर्न थालेको हो। लकडाउन उल्लङघन गर्ने खोज्‍ने र भनेको नमान्‍नेलाई प्रहरीले जहाँ पक्राउ गर्छ, त्यहीँ दुई घण्टासम्म राखेर छाड्ने गरेको छ ।


प्रकाशित : २०७६ चैत्र १८, मंगलवार १०:०१