कपिलवस्तुमा महिला माथि एसिड प्रहार

[sharethis-inline-buttons]

कमला सापकोटा

फागुन २५, कपिलवस्तु
कपिलवस्तुमा एक पुरुषले महिलामाथि एसिड प्रहार गरेका छन्। जिल्लाको महाराजगंज नगरपालिका(१ की बेमदेवी गुप्ताको निधार र शरीरमा सोही ठाउँका हरि नारायण बरईले एसिड प्रहार गरेको प्रहरीले जनाएको छ। घटना शुक्रबार राति ८ बजे घटेको जनाइएको छ। एसिड आक्रमणबाट गुप्ता घाइते भएकी छिन्। वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार उनको कपिलवस्तु जिल्ला अस्पतालमा उपचारपछि थप उपचारको लागि भैरहवा रिफर गरिएको छ।

गुप्ताको निधार र शरीरका विभिन्न स्थानमा एसिडको असर गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ। बरईले क्रिकेट व्याड भाचेको र त्यसको पैसा माग्दा गुप्तामाथि एसिड हानेको प्रहरीले जनाएको छ। बरईले ब्याट्रीको पसल सञ्चालन गर्दै आएको पनि बुझिएको छ। उनको साथबाट प्रहरीले ५ लिटर एसिडसमेत वरामद गरेको छ। उनलाई नियन्त्रणमा लिएर ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। बरईले गुप्तामाथि किन एसिड प्रहार गरे भन्‍ने विषयमा पनि अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ।


प्रकाशित : २०७६ फाल्गुन २५, आईतवार ०९:४३