छोरी बलात्कार आरोपि हिरासतमै आत्महत्या, घट्ना रहस्यमय

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ कपिलवस्तु, चैत्र २०

आफ्नै छोरीलाई बलात्कार गरेका आरोपितले प्रहरी हिरासतमै आत्महत्या गरेको रहस्य खुलेको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ८ ढोडेकोल बाडीगाउँ सुकुम्बासीबस्तीमा बावुले आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले करिव १ महिना अघि उनलाई हिरासतमा लिएको थियो ।

श्रीमानले १६ वर्षिया नाम परिवर्तन छोरीलाई बलात्कार गरेको थाहा पाएपछि श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन् । खबर पाए लगत्तै प्रहरीले बाबुलाई प्रकाउ गरेर अनुसन्धान का लागि हिरासतमा राखेको थियो ।

आरोपित ती पुरुषलाई इलाका प्रहरी कार्यालय पिपराले जिल्ला अदालतबाट म्याद थप गर्दै अनुसन्धान गरेको बताईरहेको बेला आत्महत्या गरेको घट्ना घटेका गोप्य स्रोतले बताएको छ । घट्नालाई प्रहरीले बाहिर ल्याएको छैन् । अहिले आरोपित वाबुका घरपरिवार जम्मा हुने क्रम बढ्ेको छ । विहान इलाका प्रहरी कार्यालय पिपराको हिरासतमै उनले पासो लगाई आत्महत्या गरेको गोप्य स्रोतले जानकारी दिएको छ ।
प्रहरीको सुरक्षाभित्रै यस्तो घट्ना घट्नु रहस्यमय हो ।


प्रकाशित : २०७६ चैत्र २०, बिहीबार ०३:१८