थप तीन जनामा कोरोना संक्रमण, नेपालमा सङ्क्रमितको सङ्ख्या ९ पुग्यो

[sharethis-inline-buttons]

लुदअ चैत २२, काठमाण्डौ
नेपालमा थप तीन जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण देखिएको छ ।

भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।

कैलालीमा कोरोना देखिएकी महिला यसअघि कैलालीमा सङ्क्रमित भेटिएका पुरूषको आफन्त रहेको पनि मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पहिलो पटक नेपालभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सङ्क्रमण भएको पनि स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ९ पुगेको छ ।


प्रकाशित : २०७६ चैत्र २२, शनिबार ०८:४४