लुदअ २४ चैत्र, काठमाडौं
विश्व मामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) का कारण विश्वभर अहिले सम्म कुल ७० हजार १८२ जनाको ज्यान गएको छ । १२ लाख ८२ हजार ३ सय ६९ संक्रमित भेटिएका छन् भने २ लाख ६९ हजार ४ सय ९४
जना उपचार पछि निको भएर घर फर्किएका छन् । त्यस्तै भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय ३२ पुगेको छ।
त्यस्तै भारतमा चार हजार चार सय ६० जना संक्रमित भइसकेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सोमबार महाराष्ट्रमा ३३, गुजरातमा १६, आन्धप्रदेशमा १४, राजस्थानमा ८, झारखण्डमा एक जना नयाँ संक्रमित थपिएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।