मनाङका केही स्थानमा यातायात सञ्चालन

मनाङ आश्विन १ माथिल्लो मनाङ, चामे र नासों गाउँपालिकाको खोत्रोसम्म यातायातका साधन सञ्चालनमा आएका छन्। गत असार १ मा मस्र्याङ्दी नदी र खोलानालामा आएको बाढीपहिराले ती क्षेत्रको यातायात अवरुद्ध भएको थियो । सोही बाढीपहिराले बेँसीसहर–चामे सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको थियो। सो सडक खण्डको केही भागमा मर्मत तथा सम्भार...

१ हजार ८६ कोरोना संक्रमित थपिए, १ हजार ३५१ जना संक्रमणमुक्त, १० जनाको मृत्यु

काठमाडौँ,आश्विन १   पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ६६५ पीसीआर परीक्षणमा शुक्रबार थप १ हजार ८६ जनामा संक्रमण पुष्टि भएको हो ।एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ७२० परीक्षणबाट ४७२ जनामा पोजिटिभ पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा...

करेन्ट लागेर दुवियामा ४ भैसी मरे

लुदस, कपिलवस्तुको बुद्धभुमि नगरपालिका ३ दुविया करेन्ट लागेर ४ वटा माउ भैसी मरेका छन् । दुवियाका स्थानिय पवित्रा गैरे, पुरोत्तम गैरे, विष्णु खनाल, चोपलाल बेल्वासे, का ४ वटा माउ भैसी करेन्ट लागेर घट्ना स्थलमै मरेका हुन् । रेसिडेन्सीयल विधालयको बसले तार चुडाएपछी जंगल लैजादै गरेका भैसीलाई बाटोमा करेन्ट लागेको स्थानियले...

Latest Posts

छोराको अवस्था पत्ता लगाउन बावुले गरे मलेसियाबाट अनुरोध

लुदस, नवलपरासीको बर्दघाट सुस्ता...

राष्ट्रिय युवा संघ बाणगंगा ८ वडा कमिटि अधिवेशनको सम्पुर्ण तयारी पुरा

हरि आचार्य, कपिलवस्तु नेकपा...

मनाङका केही स्थानमा यातायात सञ्चालन

मनाङ आश्विन १ माथिल्लो...

Latest Posts

छोराको अवस्था पत्ता लगाउन बावुले गरे मलेसियाबाट अनुरोध

लुदस, नवलपरासीको बर्दघाट सुस्ता पश्चिम १४ कांग्रेसचोक घर भई हाल मलेसियामा रहेका अर्जुन चाप्कोटेले आफ्नो १४ वर्षिया छोराको अवस्थाबारे पत्ता लगाईदिन हार गुहार गरेका छन् । गत चैत्र १२ गते घरबाट हिडेको छोरा केही समयपछी विरगंज पुगेर फोन गरेको र सम्पर्क विहिन भएको भन्दै अवस्थाबारे खोजविन गरिदिन लुम्बिनी दर्पण मार्फत मानव अधिकारकर्मी प्रहरी र आम […]

Arv

l

संसद विघटन विरुद्ध जसपा कपिलवस्तुद्धारा पुत्ला दहन तथा विरोध प्रदर्शन

हरिआचार्य कपिलवस्तु, पुष १०

जनता समाजावदी पार्टी नेपाल कपिलवस्तुले कपिलवस्तुका १० वटै स्थानिय तहका मुख्य केन्द्रहरुमा पुत्ला दहनसंगै बिरोध प्रर्दशन गरेको छ । प्रतिनिधि सभा विघठनको विषयलाई लिएर जसपा कपिलवस्तुले पार्टीको केन्द्रिय कार्यक्रम अनुसारनै प्रधानमन्त्री केपि ओली शर्मा राष्ट्रपति विद्या देवी भण्डारीको पुत्ला दहन सहित विरोध प्रर्दशन सँगै ¥याली निकालेको थियो ।

सोहि क्रममा पार्टीका केन्द्रिय सदस्य नारायण खनालको नेतृत्वममा जिल्लाको बाणगंगा नगरपालिका चार नम्बर जितपुरमा पनि पुत्ला दहन संगै विरोध सभा गरिएको छ । केपि ओली मुर्दावाद, राष्ट्रपति मुर्दावाद, असंवैधानिक निर्णय खारेज गर लगायतका नारा संगै गरिएको ¥याली पछि कोणसभा गरिएको थियो ।

कोणसभामा जसपा केन्द्रिय सदस्य नारायण खनालले यस अघि निर्वाचनमा जनताले पुर्ण विश्वासका साथ दुई तिहाईको मत दिएर पनि देशलाई समृद्ध तथा जनतालाई खुसी पार्नु त कता हो कता उल्टै संविधान माथि नै नेकपा सरकारले आक्रमण गरेको बताए । केन्द्रिय सदस्य खनालले निर्वाचन भनेको जनता स्वत स्फुर्त रुपमा सहभागि हुने एउटा पर्व भएकाले यसको पनि तयारी, विधि र पद्धति हुने बताए । उनले आन्तरिक विवादका कारण संसद विघटन जस्तो अलोकतान्त्रिक कार्य नेकपा सरकारले गरेकाले देशैभर विरोध प्रदर्शन गर्ने बताए ।

पर्टीका केन्द्रिय सल्लाहकार तथा पुर्व सांसद राम लौटन तिवारीले यस अघि विभिन्न शासन आए पनि नेकपा सरकार जस्तो हस्तक्षेपकारी शासन नभएको बताए । जुन शासन पनि विधि पद्धति अनुसार बढेको भन्दै झन् लोकतन्त्र सहितको संविधान माथि केपी नेतृत्वको सरकारले अपमान गरेको बताए । पुर्व सांसद तिवारीले यो सरकारको कदम विरुद्ध जस्तोसुकै आन्दोलन गर्न तयार रहेको बताए ।

त्यस्तै जसपा लुम्बिनी प्रदेश उपाध्यक्ष डा. अब्दुल रसिद खाँले सरकारको असंवैधानिक कदम प्रति जसपा निरन्तर विरोध गरिरहने बताए । उनले ठुला भनिएका दलहरुले प्रदर्शन गर्दा सुरक्षाकर्मीले केहि नगर्ने जसले दुःखी गरिव, जनताको पक्षमा वकालत गर्छ उसलाईहस्तक्षेप गरेको भन्दै विरोध गरे ।

पर्टी जिल्ला अध्यक्ष शैलेन्द्र यादवले राजनितिक ज्ञान विना पुरानै सत्तावादी नेता केपी ओली र विद्यादेवी भण्डारीले यस देशको लोकतन्त्र, संविधान माथि प्रहार हुने कार्य गरेको बताए । उनले जसपा निर्वाचनबाट डराएको भाग्न खाजेको नभई पार्टी भित्रको आन्तरिक किचलोका कारण जनतालाई धोका दिन नहुने बताए । अध्यक्ष यादवले नेकपाले जनताको अभिमतको अपमान गरेको यो जसपालाई सैह्य नहुने बताउदै घोर भत्र्सना गर्ने बताए ।

कार्यक्रममा पार्टीका जिल्ला, वाणगंगा नगर समिति लगायतको नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

यसैबिच जनता समाजवादी पार्टी नेपाल कपिलवस्तुले पुष ११ र १२ गते पनि जिल्लाका विभिन्न स्थानमा मलाश जुलुस सँगै जनप्रर्दशन गर्ने पनि जनाएको छ । प्रतिनिधि सभाको विघटन असम्बैधानिक र अलोकतान्त्रिक भएको भन्दै जसपाले देशभर विरोधका कार्यक्रम सार्वजनिक गरेको हो ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: