विश्वभर कोरोनाका कारण ११ नेपालीको मृत्यु, १ सय बढी संक्रमित

ByLumbini Darpan Online

२७ चैत्र २०७६, बिहीबार ०८:३५ २७ चैत्र २०७६, बिहीबार ०८:३५ २७ चैत्र २०७६, बिहीबार ०८:३५

लुदअ २७ चैत, काठमाडौं
कोभिड–१९ का कारण हालसम्म विभिन्न मुलुकमा ११ नेपालीको मृत्यु भएको छ ।
अमेरिकामा पाँच, बेलायतमा पांच र संयुक्त अरब इमिरेट्स युएईमा एक नेपालीको मृत्यु भएको हो । कम्तिमा सय भन्दा संक्रमित छन् ।

नेपालीको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा हालसम्म चार नेपालीमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये तीनजना निको भई काममा फर्किएको रियादस्थित नेपाली दूतावासले जनाएको छ । अन्य एकको भने स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

साउदी अरबमा कोरोनाका कारण ४१ जनाको मृत्यु र २ हजार ९ सय संक्रमित भएका छन् ।

साउदीले कोरोनाको संक्रमण फैलन नदिन मुलुकभर कफ्र्यू लगाएको छ । साउदीमा दुई लाखभन्दा बढी नेपाली रहेको बताइन्छ ।

उता, कुवेतको तीन जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । कुवेतमा कुल संक्रमितको संख्या ८ सय ५५ पुगेको छ । त्यहाँ झन्डै ७० हजार नेपाली कार्यरत छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *