ताजा अपडेट

पिपरा कोठी सामुदायिक वनको १७औँ साधारण सभा : ३ करोड ३६ लाखको बजेट प्रस्तुत

लोकभजन–चुड्का संरक्षणमा बाणगंगाको सक्रियता : नगर कार्यसमितिको पहिलो बैठक सम्पन्न

नेपाल किसान ट्रयाक्टर समितिको मानवीय पहल ७० युनिट रगत संकलन

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा

लुम्बिनी दर्पण २०८३ असार १३, शनिबार १९:५८
[sharethis-inline-buttons]
राजेन्द्र खनाल, कपिलवस्तु | सामाजिक सेवाका क्षेत्रमा अनुकरणीय कदमहरुसहित कपिलवस्तुमा सक्रिय युवाहरुको संस्था लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण तथा सम्मान कार्यक्रम शुक्रबार बाणगंगामा सम्पन्न भएको छ । गत चैत्र १३ गते बाँकेको गाभर भ्याली होमस्टेमा सम्पन्न क्लवको १० औँ अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई शुक्रबार बाणगंगा स्थित पञ्जाबी तड्का रेष्टुरेन्टको सभाहलमा औपचारिक पद हस्तान्त्रण गरिएको हो । क्लबका वर्ष २०२५/०२६ का अध्यक्ष लायन नारायण पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रमले लायन वर्ष २०२६/२७ का लागि लायन सुमन क्षेत्रीले पदभार ग्रहण गरे । क्षेत्रीले पदभार ग्रहण गरेसँगै लायन वर्ष २०२६/२७ का लागि १० औँ अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुले नवौँ पद हस्तान्त्रण कार्यक्रमबाट औपचारिक जिम्मेवारी ग्रहण गरेका छन् । कार्यक्रममा अध्यक्ष नारायण पौडेलले वर्ष २०२५/२६ को अध्यक्षको तक्मा नव निर्वाचित अध्यक्ष सुमन क्षेत्रीलाई हस्तान्त्रण गरे भने सचिव सन्दिप भट्टराईले नव निर्वाचित सचिव प्रेम पाण्डेलाई संस्थाको माइन्युट बुक हस्तान्त्रण गरे । यस्तै कोषाध्यक्ष मनोज पौडेलले नव निर्वाचित कोषाध्यक्ष नरेश भुषाललाई आर्थिक कार्यभार हस्तान्त्रण गरेका छन् । कार्यक्रममा लुम्बिनि प्रदेश सभा सदस्य विष्णु पन्थीले कपिलवस्तु र यस क्षेत्रमा लायन्स क्लवले गरेका हरेक गतिविधिहरुलाई आफुले महत्वका साथ हेरिरहेको भन्दै यी गतिविधिहरुलाई अझै प्रभावकारी बनाउन स्थानीय सरकारसँगको समन्वयमा जोड दिन आग्रह गरे । उनले सरकारका योजना र नीतिहरुलाई समाजमा प्रभावकारी कार्यान्वयन गराउन लायन्स क्लव जस्ता संस्थाहरुलाई स्थानीय तहले लक्ष्ति कार्यक्रमको जिम्मा दिनुपर्ने बताए । दैवि प्रकोप, भवितव्य जस्ता स्वास्थ्य, शिक्षा, सचेतना जस्ता क्षेत्रका कार्यक्रममा प्रभावकारी नजिता देखाउन अब सरकारले पनि यस्तै युवाहरुले नेतृत्व गरेका संस्थाहरुलाई जिम्मेवारी दिन आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रममा बाणगंगा नगरपालिका नगर प्रमुख चक्रपाणी अर्यालले लायन्स क्लव अफ कपिलवस्तुले गरेका कामहरु राम्रा रहेको बताए । उनले लायन्सको वर्ष २०२५/२६ का कार्यक्रमहरु हेर्दा धेरै राम्रा रहेका र आउँदो नयाँ कार्यसमितिले पनि अझै उल्लेखनीय कार्यहरु गर्न सफल रहोस भन्दै शुभकामना दिए ।
त्यसैगरी लायन्स इन्टरनेश्नल ३२५ नेपला का गवर्नर लायन बालाराम भट्टराईले लायन्स क्लव अफ कपिलवस्तुले जति पनि अवार्ड र पुरस्कारहरु प्राप्त गरेको छ, यो सामान्य कामका आधारभा नभई क्लवले गरेका उत्कृष्ट भन्दा उत्कृष्ट कार्य वापत प्राप्त गरेको भन्दै बधाइ दिए । उनले एक वर्षको अवधिमा १ सय २० भन्दा बढी कार्यक्रमहरु सम्पन्न गर्नु पनि आफैमा अप्रत्याशित सफलता रहेको भन्दै आउँदा दिनमा पनि यो लयलाई काम राख्न आग्रह गरे । कार्यक्रममा लायन्स इन्टरनेश्नल ३२५ पी नेपालका इलेक्ट गवर्नर सन्दीप कसौधनसहित लायन्सका विभिन्न तहका नेतृत्वकर्ता लायन सदस्यहरु, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सामाजिक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुखहरू, छिमेकी लायन्स क्लबका अध्यक्षहरू, क्लबका सम्पूर्ण लायन सदस्यहरू, पत्रकार तथा समाजसेवी व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उक्त अवसरमा वर्षभरि क्लब तथा समाजसेवामा योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको छ । साथै पद हस्तान्तरण कार्यक्रममार्फत नवनियुक्त अध्यक्ष लायन सुमन क्षेत्री तथा उहाँको नयाँ कार्यसमितिलाई आगामी कार्यकालका लागि सफलताको शुभकामना पनि व्यक्त गरिएको छ । कार्यक्रममा वक्ताहरूले लायन्सको मूल मन्त्र ‘उई सर्व’ लाई आत्मसाथ गर्दै सामाजिक सेवा, मानवीय सहयोग, शिक्षा, स्वास्थ्य तथा वातावरण संरक्षणका क्षेत्रमा अझ प्रभावकारी ढंगले कार्य गर्न नयाँ नेतृत्वलाई आग्रह गरेका छन् । लायन्स क्लबहरूले समुदायमा निरन्तर सेवा र नेतृत्व विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको उल्लेख समेत गरिएको छ । कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पु¥याउनुहुने सबै पक्षलाई वर्ष २०२५/२६ का अध्यक्ष लायन नारायण पौडेलले धन्यवाद ज्ञापन गरे भने नव निर्वाचित अध्यक्ष सुमन पौडेलले आफ्नो कार्यकालमा लायन्सका नियमित कार्यक्रमहरु बाहेक अझ रचनात्मक र प्रभावकारी कार्ययोजनाका साथ काम गर्ने योजना सुनाए । यस्तै लायन्स कल्व अफ कपिलवस्तुका पूर्व अध्यक्ष कृष्ण के.सीले संगठन विस्तार, सदस्यता वृद्धि तथा युवाहरूलाई नेतृत्वमा ल्याउने विषयमा विशेष जोड दिए । कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तुका पुर्व अध्यक्षहरु धातानन्द भुसाल, रामशुभागे थारु, ओमप्रकाश घिमिरे, सुरेन्द्र घिमिरे लगायत लायन्स सदस्यहरुको आतिथ्यता तथा उपस्थित रहृको थियो । कार्यक्रम लायन सुमन क्षेत्रीको स्वागतसहित सचिव सन्दिप भट्टराईको वार्षिक प्रगति भिडियो प्रतिवेदन र कोषाध्यक्ष मनोज पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै पद हस्तान्त्रण कार्यक्रमबाट लायन वर्ष अवार्ड लायनस क्लव अफ कपिलवस्तुका सचिव सन्दिप भट्टराईले प्राप्त गरेका छन् । सन २०१७ मा पहिलो पटक कपिलवस्तुमा लायन्स क्लव अफ कपिलवस्तु स्थापना भए पश्चात अहिले क्लवले १० औँ अधिवेशन तथा ९ औँ पद हस्तान्त्रण गरिएको हो । लायन्स क्लव अफ कपिलवस्तुका संस्थापक अध्यक्ष लायन कृष्ण के.सी हुन । उनले दुई कार्यकाल क्लवको नेतृत्व गरेसँगै त्यस यता हरेक वर्ष लायन्स क्लव अफ कपिलवस्तुले नयाँ नेतृत्व लायन्स विधि र विधान अनुसार चयन गर्दै आएको छ ।

प्रकाशित : २०८३ असार १३, शनिबार १९:५८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न
  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
प्रतिक्रिया

यो पनि पढौँ

पिपरा कोठी सामुदायिक वनको १७औँ साधारण सभा : ३ करोड ३६ लाखको बजेट प्रस्तुत

लोकभजन–चुड्का संरक्षणमा बाणगंगाको सक्रियता : नगर कार्यसमितिको पहिलो बैठक सम्पन्न

नेपाल किसान ट्रयाक्टर समितिको मानवीय पहल ७० युनिट रगत संकलन

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

भर्खरै

  • पिपरा कोठी सामुदायिक वनको १७औँ साधारण सभा : ३ करोड ३६ लाखको बजेट प्रस्तुत

  • लोकभजन–चुड्का संरक्षणमा बाणगंगाको सक्रियता : नगर कार्यसमितिको पहिलो बैठक सम्पन्न

  • नेपाल किसान ट्रयाक्टर समितिको मानवीय पहल ७० युनिट रगत संकलन

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

  • इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

  • प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

  • प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech