नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो, एकैदिन १४ जना संक्रमित थपिए

ByLumbini Darpan Online

५ बैशाख २०७७, शुक्रबार १४:०४ ५ बैशाख २०७७, शुक्रबार १४:०४ ५ बैशाख २०७७, शुक्रबार १४:०४

लुदअ काठमाडौं, वैशाख ५
नेपालमा शुक्रबार एकैदिन १४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

उदयपुरको एक मस्जिदमा लुकेर बसेका १६ जना भारतीय र बंगाली मुस्लिममध्ये ‘पीसीआर’ परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्यसचिव यादव कोइरालाले जानकारी दिए ।

मस्जिदमा विदेशी मुस्लिमहरु लुकेर बसेको थाहा पाएपछि प्रशासनले उनीहरुलाई समातेर परीक्षण गराएको थियो ।

यता, चितवनमा पनि दुईजनामा कोरोना संक्रमण पुष्टि भएको सचिव कोइरालाले जानकारी दिएका छन् ।

योसँगै नेपालमा संक्रमितको संख्या ३० पुगेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *