फ्रान्सबाट आएकी १९ वर्षीया युवती कोरोना निको भइ अस्पतालबाट ‘डिस्चार्ज’

ByLumbini Darpan Online

६ बैशाख २०७७, शनिबार १०:२६ ६ बैशाख २०७७, शनिबार १०:२६ ६ बैशाख २०७७, शनिबार १०:२६

लुदअ काठमाडौं, वैशाख ६
‘कोभिड–१९’ को संक्रमण देखिएका काठमाडौंकी १९ वर्षीया एक युवती उपचारपश्चात् घर फर्किएकी छन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत् रहेकी ती युवती घर फर्किएको अस्पतालका निर्देशक डा। सागरराज भण्डारीले जानकारी दिए ।

उनका अनुसार संक्रमित युवती पूर्ण स्वस्थ भएर घर फर्किएकी हुन् ।

उनले ४८ घन्टामा दुईपटक कोभिड–१९ ‘नेगेटिभ’ आएपछि बिरामीको सबै अवस्था राम्रो भएपछि घर फर्काइएको ९डिस्चार्ज० बताए ।

उनलाई २७ दिनसम्म अस्पतालमा उपचार गरेर शनिबार घर फर्काइएको हो ।

फ्रान्सबाट गत चैत ४ गते नेपाल आएकी उनलाई चैत १० गते संक्रमण देखिएपछि अस्पताल भर्न गरी ‘आइसोलेसन’मा उपचार हुँदै आएको थियो ।

यसअघि, चीनको बुहानबाट आएका अर्का एकजनालाई पनि संक्रमण देखिएपछि सोही अस्पतालमा नै उपचारपश्चात् स्वस्थ भएर घर फर्काइएको थियो ।

अब सो अस्पतालमा दुई पुरुषको मात्र उपचार भइरहेको छ ।

नेपालमा अहिलेसम्म संक्रमितको संख्या ३० पुगेको छ । शुक्रबार उदयपुरमा १२ र चितवनमा दुईजनामा संक्रमण देखिएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *