ओम प्रकाश पौडेल,

कपिलवस्तु ८ वैशाख ।

२०७६ चैत्र २१ गते घर गोठमा आगो लागी भई ठूलो क्षती व्यहोरेका कपिलवस्तुको विजयनगर १ गुगौलिका अग्नि पिडितले राहत महशुुुस गरेका छन् । लक डाउनको समयमा एकै पटक २५ वटा घर गोठमा आगो लागी हुँदा लाखाँैको क्षती व्यहोरेका कृषकहरुले आज सोहि क्षेत्रका व्यवस्थापिका संसद सदस्य , नेपाली कांग्रेशका केन्द्रिय सदस्य तथा त्यस क्षेत्रका लोक प्रिय युवा नेता साम्सद अभिषेक प्रताप शाहले राहत स्वरुप रकम वितरण गरेपछि खुसि भएका छन् । खाना पकाउने क्रममा एउटा घरबाट सुरु भई फुसको छानोयुक्त नजिक नजिक रहेका घर गोठमा आगोलागि भएको थियो ।

राहत वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद अभिषेक प्रताप शाहले दैविक प्रकोपमा परेका घर परिवारलाई सबैले सक्दो सहयोग गरि आहतमा राहत दिलाउनु पर्ने र कोरोना संग लडन आफू पनि घरमै बस्ने र अरुलाई पनि घरमै बस्न लगाउनु पर्ने सुझाव दिनुभयो ।
आफूहरुको दुःखमा साथ दिन आइ पुगेको भन्दै पिडितहरुले सांसद शाह लगायतको टोलीलाई आभार व्यक्त गरे ।

वितरण कार्यक्रममा पिडित, स्थानियहरु, सांसद साह, उहाँका कार्यवहाक सचिव सन्तोष यादव, नेताहरु गौरब मणि, सुदामा यादव, बल बहादुर थापा र प्रहरी प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *