मेयर साव नमस्कार । म बाणगंगाको नागरिकको हैसियतले तपाईलाई केहि विचार सहितको खुल्ला पत्र लेखेको छु झर्को नमानी, मनमा आवेग र कुन्ठा नसाची पढीदिनुहुनेछ भन्ने अपेक्षा लिएको छु ।
‘जिउँदाको जन्ती, मर्दाको मलामी’ हाम्रो समाजमा चलेको उखान हो।
तर, चल्तीको उखान अहिलेको सन्दर्भमा मेल खाँदैन। छिमेकी वा आफन्तकै पनि निधन हुँदा शोकधुन सुनेर दौड्दै मलामी जाने अवस्था छैन अहिले। जीवनभर चिनेका, देखेका अनि सुनेकासम्मको मलामी गएर आफ्ना लागि सुरक्षित गर्नेले समेत यो समय घाटमा सुनसान वातावरणमा पुग्नु र जल्नु परिरहेको छ। परिवारले शवमा अँगालो हालेर समेत रुन पाउँदैनन्, मुख हेरेर दागबत्ती दिनु त परको कुरा। मर्दा पनि एक्लै ९मलामीबिना० हुन र परिवारका सदस्य पनि एक्लै थुनिएर बस्नुपर्ने अवस्था कोरोनाले ल्याएको छ। महामारीमा अक्सिजन नपाएर मृत्यु शैयामा छटपटाईरहेका हरुलाई सास मा सहास थप्ने अभियानकर्मी महामारीको युद्धमा होमिँदा आईसुलेसनमा पुग्दा नगरको सामान्य लार्परवाहीले आईसुलेसनमा न्युनतम मापदण्ड समेत पुरा नहुदा मन भक्कानिए केही शब्द सामाजिक संजालमार्फत जनप्रतिनिधिहरुलाई ध्यानाकर्षण गराईएको थियो तपाईहरुलाई अपच भयो पचाउन सक्नुभएन आईसुलेसन सुधार गर्ने नागरिकको ज्यू धन सुरक्षाका निम्ति हातेमालो गर्ने र अभियानकर्मीलाई सल्लाह सुझाव मार्गदर्शन गर्नुको साटो उल्टो साईवर कार्वाही ।
देशमा सधैं विपद् आउँदैन् कोरोना महामारीका बेला राजनीतिक प्रदूषण फैलिएको समयमा महामारी नियन्त्रणसँगै नागरिकको सेवामा तल्लिन अभियानकर्मीको ध्यानाकर्षणले तपाई र सिंगो नगरमा पहिरो गयो । महामारी बढ्दै जाँदा ज्यान गुमाउनेको संख्या पनि थपिँदो छ। दैनिक कुनै न कुनै परिवारले आफ्ना सदस्य गुमाउँदैछन्। देशमा नयाँ रोगसँगै शोक पनि थपिँदो छ। डर र त्रासमा दिन काट्ने बाध्यता सबैको छ ।
देशमा सधैं विपद् आउँदैन् कोरोना महामारीमा राजनीतिक प्रदूषण फैलिएको समयमा महामारी नियन्त्रणसँगै नागरिकको सेवामा तल्लिन अभियानकर्मीको ध्यानाकर्षणले तपाई र सिंगो नगरमा पहिरो गयो । तर, डरभन्दा पनि जिम्मेवारीलाई महत्व दिएर महामारीमा नगरलाई नै सहयोग पुर्याउदै नागरिकको पिडा रोधनमा सकेसम्म ज्यान बचाउन सामाजिक अभियानमा लागेका युवा जो आईसुलेसनमा छटपटाईरहेकाहरुका लागि भरोसाका केन्द्र थिए उनै नागरिकका लागि ‘अन्तिम साहस हुन्’ , महामारीको युद्धमा होमिँदा मन भक्कानिए पनि राज्य अर्थात जनप्रनिनिधि जिम्मेवारीबाट टाढा भागेपछी जनप्रतिनिधि खोज्ने जनता, नगरबासी, तपाईका सहयोगी, सामाजिक अभियानका संयोजक जो आईसुलेसनका विषयमा विषम परिस्थितिलाई समयमै सचेत गराउन मानविय संवेदनशिलता का युद्धमा सामाजिक जिम्मेवारी सम्झेर अग्रपंक्तीमा खटिदै गर्दा राज्यको अर्थात जनप्रतिनिधिहरुको जिम्मेवारी नदेखिदा र केही स्वास्थ्यकर्मीको भरमा महामारीलाई सुम्पिएर तपाईहरु उम्किन मिल्छ । यस्तै अवस्थामा आवाज उठाउदा राज्य खोज्दा र अभियानकर्मी को उत्साह मनोवललाई कमजोर पार्न तपाईहरुको निणर्य केही व्याक्ति र तपाईका लागि कोरोनाको माहामारी भन्दापनी फेरी जनप्रतिनिधि नै जितेजस्तो होला तर सामान्य जनता, जो अक्सिजनको अभावमा यिनै युवाको भरोषा गर्दछन् ।
तपाईका निः शुल्क भनेका एम्बुलेन्सले विरामी बोक्न तयार हुदैनन् तपाईहरुलाई गरेका फोन रिसिभ नभईरहेको अवस्थामा अस्पताल सम्म पुग्नै नपाई जेनतेन पुगेपनी अस्पतालभरि ४ फन्को घुम्दा घुम्दै अक्सिजन र वेड नपाएर जिवन गुमाउनु परेको छ तिनिहरुको पिडालाई बुझनुभएको छ । कोरोना संक्रमित भई घरमै आईसुलेट भएका विरामीको मनोवल बढाउन परैबाट भेटेर उत्साह थप्नु त कुरै छाडौ १ कल फोन समेत गर्ने हिम्मत गर्नुभएको छ । सम्झनुहोस २ हात जोडेर प्रत्तेक नागरिकको घर दैलो चाहर्दै गर्दाका ति नागरिकका अनुहार, सम्झनुहोस तपाईका वाचा, सम्झनुहोस तपाईका विकास आखिर के का लागि जव जनता नै रहदैनन् भने । आखिर के काम तपाईका चिल्ला बाटा, आखिर के काम तपाईका गगनचुम्मि भवन बाणगंगा नगरमा एम्बुलेन्स समेत नहुदा छिमेकी जिल्लामा मेयर र उपमेयर चढ्ने गाडी संक्रमितका लागि सेवामा प्रयोग भईरहेको बेला तपाई जनप्रतिनिधिहरु सुःख सयल र विलासिता मा रमाउने सोच्नुस तपाईको आगामी भविश्य आखिर तपाईलाई नै भोट दिएका नागरिक तपाईका लागि चुनावताका भोट माग्दै हिड्ने निरिह जनता कठै यिनले आवाज उठाउदा हिजोको दिन लोकतन्त्र ल्याउन तपाई आफैपनी राज संस्थाको पुत्ला दहन गर्दै ज्ञाने चोर देश छोड , भन्ने र तमाम मुख छाडेर गाली गर्ने त्यतीमात्र होईन कतिपय प्रधानमन्त्रीको कु कार्यमा घाटी तन्कायर भाषण घन्काउने बेलाका शब्दहरु सम्झिनुहोस त । हो कतिपय शब्दहरु सुधार गर्नुपर्ने थिए त्यसमा म सहमत छु । बसेर समाधानका उपाए र तपाई नगरको नागरिको अभिभावकका हैसियतले सम्हालेर अगाडी बड्नेबेला तपाईको निणर्यले बहादुरी कमाएजस्तो गरि बस्ने यसले कदापि सफल भईदैन् मेयरसाप अस्पतालले समेत राज्यको भन्दा यस्तै अभियानकर्मीको भर पर्नुपरेको छ ।
अहिले देश क्रमशः लकडाउन र निषेधाज्ञाको मार्गमा छ । महामारी नियन्त्रणको अन्तिम विकल्प यो नै हो। अभियानकर्मीहरु पीपीई, स्यानीटाईजर र मास्कको सहायतामा मैदानमा उत्रिएको छन ्। वर्ष दिन नबित्दै महामारीले रूप फेरेर जनताको स्वास्थ्यमा युद्ध गर्दा जोखिम आफैंलाई पनि छ । महामारीसँग लड्ने आत्मबल मुख्य हतियार बनाए पनि आफु र आफ्ना परिवार भन्दा माथि उठेर मानविय सेवामा लाग्नु को चानचुने कुरा होइन। आफन्तले अन्तिम संस्कारमा शव आफै असुरक्षित भएरैपनी व्यवस्थापन गर्नुपरेको छ । यो समयमा मन भकानिएर आँखा रसाएको अनुहार ‘फेससील’ले छोप्नु पर्ने बाध्यता छ। यो देख्ने र सामना कसैमा पीडा कम छैन। त्यसैले म भन्छु मेयरसाव तपाई कहाँ हुनुहुन्छ । अन्तमा कुनै शब्दले असहिय भए विनम्र क्षमा चाहन्छु ।
रविन बेल्वासे
नगरवासी बाणगंगा नगरपालिका



















