नवलपरासीमा सेनाले ग¥यो ४४ शव व्यवस्थापन

[sharethis-inline-buttons]

हरि शर्मा
परासी, ७ जेठ ,
कोरोना संक्रमणले मृत्यु भएका शवमध्ये ४४ वटा शवलाई पश्चिम नवलपरासीस्थित कालीध्वज गण परासीले व्यवस्थापन गरेको छ । व्यवस्थापन गरिएका शवमा सबैभन्दा बढी होम आइसोलेसनमा मृत्यु भएकाहरु रहेको गणका प्रमुख सेनानी समिर कुमार गुरुङले जानकारी दिए । होम आइसोलेसनका २६ र पृथ्वीचन्द्र जिल्ला अस्पतालमा मृत्यु भएका १८ जनाको शव व्यवस्थापन गरिएको गुरुङले जानकारी दिए । जिल्लामा पहिलो लहरमा ३३ र दोस्रो लहरमा ७७ गरी कुल १ सय १० जनाको मृत्यु भएको छ । जसमा सेनाले दोस्रो लहरमा मात्र ३६ जनाको शव व्यवस्थापन गरेको हो । जिल्ला अस्पताल र होम आइसोलेसनबाहेक अन्यको उपचारका क्रममा अन्य जिल्लामा मृत्यु भएको हो । उनीहरुको सोही जिल्लाहरुमा शव व्यवस्थापन हुँदै आएको स्वास्थ्य कार्यालयले जनाएको छ । शव व्यवस्थापनका लागि गणले दैनिक ४ वटा टिम तयारी अवस्थामा राखेको छ । मृतकका परिवारको चाहानाअनुसार अन्तिम संस्कार गर्न चाहनेलाई स्वास्थ्य मापदण्डसहित उक्त कर्म समेत गर्न दिइने गरिएको छ । निर्देशिकाअनुसार शवलाई ¥यापिङ गर्ने जिम्मेवारी स्वास्थ्यकर्मीको हो । शव व्यवस्थापन र अन्य अवस्थामा आवश्यक पर्ने पीपीई स्वास्थ्य कार्यालयले उपलब्ध गराउँदै आएको गणले जनाएको छ । शव व्यवस्थापनका लागि खटिने सुरक्षाकर्मीहरुले भने अहिलेसम्म जोखिम भत्ता रकम पाएका छैनन् ।


प्रकाशित : २०७८ जेष्ठ ७, शुक्रबार ११:३१