इजलासबारे न्यायाधीशहरुको राय बाझिएपछि प्रधानन्यायाधीशद्वारा इजलास पुनर्गठन गर्ने घोषणा

ByLumbini Darpan Online

१८ जेष्ठ २०७८, मंगलवार ११:१९ १८ जेष्ठ २०७८, मंगलवार ११:१९ १८ जेष्ठ २०७८, मंगलवार ११:१९

काठमाडौं, जेठ १८
प्रतिनिधि सभा विघटनसम्बन्धी रिटको सुनुवाइका लागि गठन भएको संवैधानिक इजलास आउँदो २३ गते आइतवारसम्मका लागि स्थगित भएको छ । संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले आफूहरू इजलासबाट अलग भएको घोषणा गरेपछि सुनुवाइ स्थगित भएको हो । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आगामी २३ गते संवैधानिक इजलास पुनर्गठन गर्ने घोषणा गरेका छन् । प्रधानन्यायाधीश जबराले वरिष्ठताको आधारमा इजलास तोक्ने बताएका हुन् । ’वरिष्ठताको आधारमा इजलास तोक्छु । गएको शुक्रबार गठन गरिएको इजलासमा रहेका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठको निष्पक्षतामाथि प्रश्न उठाउँदै इजलास छोड्न वकिलहरुले दबाब दिएका थिए । दबाबपछि इजलासमा रहने कि नरहने भन्ने निर्णय गर्ने जिम्मा उनीहरु दुईलाई दिइएको थियो । दुबैले आफूहरुले इजलास छाड्नु नपर्ने निर्णय सुनाएपछि इजलासमै रहेका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की, आनन्दमोहन भट्टराईले छुट्टै राय पेश गर्दै यही अवस्था रहे इजलास छाड्ने घोषणा गरेपछि प्रधानन्यायाधीश राणाले इजलास पुनगर्ठन गर्ने घोषणा गरेका हुन् । आजको इजलास बस्नुअघि राणा र सर्वोच्च बारका पदाधिकारीबीच वरिष्ठ न्यायाधीशहरुमध्येबाट इजलास गठन गर्ने सहमति जुटेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *