अब पार्टीको काममा केन्द्रित हुन्छु – इश्वर पोखरेल

ByLumbini Darpan Online

२३ जेष्ठ २०७८, आईतवार ०८:२१ २३ जेष्ठ २०७८, आईतवार ०८:२१ २३ जेष्ठ २०७८, आईतवार ०८:२१

काठमाडौं, जेठ २३ ।
निवर्तमान उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेलले आफू अब पार्टीको काममा केन्द्रित हुने बताउनु भएको छ । सरकारबाट बाहिरिएपछि आज वक्तव्य जारी गर्दै महासचिव पोखरेलले पार्टी कसरी सञ्चालन गर्ने भन्नेबारे आफूले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरिसकेको र अध्यक्षका आशयलाई आफूले बुझ्ने प्रयत्न गर्दै आएको बताउनु भएको छ । ‘म नेकपा ९एमाले० को महाधिवेशनबाट निर्वाचित महासचिव, तर ‘महान र ऐतिहासिक’ भनिएको एमाले माओवादी केन्द्रबीच सम्पन्न एकतापछि म महासचिवको जिम्मेवारीमा रहिन । तर २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एमाले माओवादी पार्टीहरूको पूर्वस्थिति कायम रहन पुगेका कारण म पुनः एमालेको महासचिव रहन पुगेको छु । यो अवस्थामा मैले बुझेको छु, म पार्टीको महासचिव भएर पुनः भूमिका खेल्नुपर्ने आवश्यकता आइपरेको छ, पोखरेलले भन्नुभएको छ ।

पोखरेलले अहिले सबैतिर पार्टी छ तर कहिँ पनि पार्टी छैन जस्तो अवस्था रहेको भन्दै यसलाई बदल्नुपर्ने चुनौती रहेको पनि उहाँले प्रष्ट पार्नुभएको छ । उहाँले मन्त्री हुँदा आफूले सुबिधाबापत प्राप्त गरेका सबै दायित्वहरु राज्यलाई बुझाइसकेको र मन्त्री क्वार्टर शनिवार नै खाली गरिसकेको जानकारी पनि दिनुभएको छ । पोखरेलले कोभिड संक्रमितको उपचारका लागि सात महिनाको पारिश्रमिक बराबर ४ लाख ५६ हजार ४ सय रुपैयाँ कोभिड कोषमा बुझाइएको र पार्टीको कोषमा लेवीबापत ६ लाख ५ हजार रुपैयाँ बुझाएको जानकारी पनि दिनुभएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *