विश्वसनीय आधार नभए सम्म वार्ताका नाममा नअल्झिने एमालेको नेपाल पक्षको निष्कर्ष ।।

ByLumbini Darpan Online

२३ जेष्ठ २०७८, आईतवार १२:२४ २३ जेष्ठ २०७८, आईतवार १२:२४ २३ जेष्ठ २०७८, आईतवार १२:२४

नेकपा एमालेको माधवकुमार नेपाल पक्षले माग पूरा गर्ने विश्वसनीय आधार नभए वार्ताका नाममा अल्झिनु बेकार हुने ठहर गरेका छन् । नेपाल पक्षीय केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकबाट पारित प्रस्तावमा संविधानको रक्षा र लोकतन्त्रका लागि बाध्य भएरै पनि वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने निष्कर्ष निकालिएको छ । आफ्नो पक्षले राखेका माग निश्चित समयावधिमा विश्वसनीय रुपमा कार्यान्वयन हुने सहमति सार्वजनिक भए मात्र अध्यक्ष केपी ओलीलाई विश्वास गर्न सकिने अन्यथा चालबाजीमा परिणत हुने शंका उनीहरुको छ । बैठकपछि सार्वजनिक गरिएको निर्णयमा असंवैधानिक किसिमले प्रतिनिधिसभा विघटन गरी आम निर्वाचनको घोषणा गर्ने कार्यका विरुद्ध देशका प्रमुख राजनीतिक दलहरु कानुनी र राजनीतिक रुपमा संघर्षरत रहेको स्थितिमा अनिश्चित र परिणामविहीन वार्ता र एकताको नाममा षड्यन्त्र र जालझेलमा अलमलिनु नहुने स्पष्ट भनिएको छ । नेपालको संविधान, पार्टीको विधान, कम्युनिष्ट आन्दोलन र लोकतन्त्रको रक्षाका लागि बाध्य भएर वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने चेतावनी दिँदै नेपाल पक्षले संगठनलाई वडा र टोलसम्म लैजाने निचोड निकालेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *