रुपन्देहीमा थपिए ६३ संक्रमित, १ सय ९ निको ,थप ४ जना संक्रमितको मृत्यु 

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

२४ जेष्ठ
बुटवल ।

रुपन्देहीमा २४ घण्टाको अवधिमा ६३ जनामा संक्रमण पुष्टि भएको छ । १०९। जना कोरोनाबाट मुक्त भएका स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा आज सबै भन्दा धेरै तिलोत्तमा नगरपालिकामा १६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बुटवल उपमहानगरपालिकामा १२ जना, सिद्धार्थनगर नगरपालिकामा ६ जना, सैनामैना नगरपालिकामा ७ जना, देवदह नगरपालिकामा ८ र रोहिणी गाउँपालिकामा २ जना, मायादेबी गाउँपालिकामा २ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा १, शुद्धोधन गाउँपालिकामा १ जना र गैडहवा गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार १ सय ४६ पुगेको छ । जसमध्ये २५ हजार ५८१ जना निको भएका छन । जिल्लामा १ हजार १११ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै २४ घण्टामा थप ४ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४५४ पुगेको छ ।


प्रकाशित : २०७८ जेष्ठ २४, सोमबार १२:२५