मन्त्रिपरिषद्को पूर्णता, आजै शपथ

ByLumbini Darpan Online

२७ जेष्ठ २०७८, बिहीबार १०:३८ २७ जेष्ठ २०७८, बिहीबार १०:३८ २७ जेष्ठ २०७८, बिहीबार १०:३८

जेठ २७,
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । ओलीले एमाले, पूर्वमाओवादी समूह र जसपाका समेत नेता समेटेर मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो ।

मन्त्रीहरूको आजै चार बजे शपथ ग्रहण हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

गृह मन्त्रीमा खगराज अधिकारी, सञ्चारमा रामबहादुर थापाकी पत्नी नैनकला थापा र उद्योग मन्त्रीमा जसपाका राजकिशोर यादव नियुक्त हुनुभएको छ । यस्तै गणेश पहाडी सामान्य प्रशासन मन्त्री, नारदमुनि राना वन मन्त्री, ज्वालाकुमारी साह कृषि, मोहन बानियाँ विना विभागीय र आशा विक वन राज्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

यसअघि माओवादी केन्द्रमा रहेकी ज्वाला साह प्रदेश सभा सदस्यमा पराजित हुनुभएको थियो तर साहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बनाउनुभएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *