प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मन्त्रिपरिषद् विस्तार, राज्यमन्त्री सहित २५ सदस्यीय बन्यो

[sharethis-inline-buttons]

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्रीले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेपनि रक्षा मन्त्रालय भने आफैसँग राखेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीको गत वैशाख ३१ गठित मौजुदा मन्त्रिपरिषदमै नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन मन्त्रिपरिषद् विस्तार गरेको राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यससँगै ओली नेतृत्वको मन्त्रिपरिषद् राज्यमन्त्रीसहित २५ सदस्यीय बनेको छ । जस अनुसार गृह मन्त्रीमा खगराज अधिकारी, सञ्चारमा रामबहादुर थापाकी पत्नी नैनकला थापा र उद्योग मन्त्रीमा जसपाका राजकिशोर यादव नियुक्त हुनुभएको छ । यस्तै गणेश पहाडी सामान्य प्रशासन मन्त्री, नारदमुनि राना वन मन्त्री, ज्वालाकुमारी साह कृषि, मोहन बानियाँ विना विभागीय र आशा विक वन राज्यमन्त्रीमा नियुक्त हुनुभएको हो । यसअघि माओवादी केन्द्रमा रहेकी ज्वाला साह प्रदेश सभा सदस्यमा पराजित हुनुभएको थियो तर साहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बनाउनुभएको हो ।


प्रकाशित : २०७८ जेष्ठ २७, बिहीबार १२:१४