Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय...

राष्ट्रियसभाबाट दुई विधेयक पारित भए

काठमाडौं, साउन २० राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र...

सानिमा लाईफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमा नै माग भन्दा धेरै आवेदन

  काठमाडौं ,साउन २० ( सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० मा पहिलो दिनमा नै माग...

बालबालिकाका लागि जरुरी तीन कुरा

साउन २० हरेक बच्चाको भावनात्मक र मनोवैज्ञानिक स्थिरता धेरै हदसम्म अभिभावकसँगको सम्बन्धमा निर्भर हुन्छ । कुनै पनि बच्चा...

कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जाको चापाकोट नगरपालिका दश दिन बन्द हुने

साउन २० कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिका दश दिनका लागि बन्द गरिएको छ ।...

Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय रुपन्देही गोर्खा व्वाईज र एन्फा फुटवलको क्याप्टेन समेत रहेको उनि जावलाखेल क्लवमा अनुवन्धित भएका हुन् । जावलाखेल क्वल ले निशानको सानै...

देश राजनीतिक नेतृत्वको कब्जाबाट बाहिर जाँदै छ–पूर्वस्वास्थ्यमन्त्री त्रिपाठी

परासी, ३० जेठ ः

पूर्वस्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले देश राजनीतिक नेतृत्वको कब्जाबाट बाहिर जान थालेको टिप्पणी गरेका छन् । स्वास्थ्यमन्त्रीबाट पदमुक्त भए पश्चात आइतबार गृहजिल्ला नवलपरासी आएका पूर्वमन्त्री त्रिपाठीले दलहरुबीच देखिएको विभाजन र शत्रुतापूर्ण व्यवहारले संविधान समाप्त हुने अवस्थामा जानु देशकै लागि खतरा भएको त्रिपाठीको भनाईछ ।‘ संविधानको व्याख्या गर्ने अदालत नै हो । तर राजनीतिक घटनाक्रमलाई लिएर अदालतमा पुग्नु भनेको राजनीतिक दल र नेतृत्वको असफलता नै हो । ’ उनले भने । संसद् पुनस्र्थापना र मन्त्री मण्डल पुनर्गठनलगायतका समसामायिक राजनीतिक विषय नै अदालतमाको हातामा पुग्नुलाई शुभ संकेत मान्न नसकिने उनको भनाई छ । वर्तमान राजनीतिक अवस्थालाई त्रिपाठीले ब्लेडको संज्ञा दिए । ‘ अहिलेको राजनीतिक ब्लेड जस्तो छ । जाने बाल (कपाल) काट्छ । नजाने गाल (गाला) काट्छ । त्यसैले दलहरु सचेत भएर अगाडी नबढे संविधान समाप्त हुन्छ’ उनले भने । अहिले संविधान घाइते भइसकेकाले संसद्ले मात्र त्यसलाई मलम पट्टी लगाउन सक्ने उनले बताए । ‘संसद् २ प्रकारले फर्किन्छ । एउटा चुनाव र अर्को विघटित प्रतिनिधिसभा पुनस्र्थापना । विचाराधिन त्यस विषयलाई अहिले गंभिरताका साथ जनताले हेरिरहेका छन् ।’ उनले भने त्रिपाठीले घुमाउरो पारामा संविधानको रक्षाका लागि अहिले संसद् पुनस्र्थापना हुनु पर्नेमासंकेत गरे ।
आफ्नो नयाँ दलप्रति नेता त्रिपाठीले भने ‘त्यसका लागि पूर्वराजदुत, पूर्वसचिव र अर्थशास्त्रीहरुले मस्यौदा तयार गरिरहेका छन् ।’ २÷३ महिनाभित्र मस्यौदा तयार हुने र त्यसपछि पूर्व, पश्चिम र काठमाण्डौंमा भेला गरेर दल घोषणा गर्ने त्रिपाठीले बताए ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *