लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला योजना मन्त्री बजैनाथ चौधरीले यतिबेला लुम्बिनी प्रदेशसभामा बजेट प्रस्तुत गरिरहेका छन् । प्रःत’त बजेटमा दिगो वन व्यवस्थापनका लागि ११ करोड २४ लाख बजेट तीन ठुला क्षेत्रलाई महानगरको लागि प्रयास गरिने जनता आवास कार्यक्रमका लागि ५० करोड प्रदेशका मुख्य सहरमा बिद्युतिय बस सञ्चालन हुने सिद्धबाबाको वैकल्पिक सडकको लागि १० करोड प्रदेशका १९ सडकको निर्माणका लागि ६४ करोड उर्जामा बजेट विनियोजन गरिएको छ । त्यसैगरी बजेटमा वैकल्पिकलाई प्रोत्साहन, वितरणलाई प्रभावकारी बनाईँदै एक घर एक धाराको लागि १ अर्ब ६७ करोड रुपन्देहीको सैनामैनामा सेनिटेशन पार्क निर्माण गर्न १ करोड सैनामैना र चन्द्रौटाको रिफ्रेस सेन्टर यहि वर्ष पुरा हुने स्वरोजगार बनाउन व्याजअनुदान कार्यक्रमलाई निरन्तरता, ३ करोड थप लुम्बिनी प्रादेशिकलाई उच्च विशिष्टकृत सुविधासहितको अस्पताल बनाउन २५ करोड उत्कृष्ट कृषक र कृषि सहकारीलाई पुरस्कारलाई निरन्तरता दुधमा आत्मनिर्भर बनाउन ८ करोड बिनियोजन गरिएको छ । त्यसैगरी कृषकलाई प्रदेशसंग जोड्न कृषि प्राविधिक सेवामा कृषकको पहुच कार्यक्रम, ३३ करोड बिनियोजन स्मार्ट कृषि गाउँ कार्यक्रमका लागि ३५ करोड बजेट बिनियोजन फ्रन्टलाईनर्सको प्रोत्साहन भत्ता कायमै लुम्बिनी प्रदेशका सबै सरकारी अस्पतालमा कोरोनाको निःशुल्क उपचार कोभिडले रोकिएका आयोजना पूरा गर्न १३ करोड विनियोजन गरिएको आर्थिक मामिला योजना मन्त्री बजैनाथ चौधरीले बताउनुभएको छ ।




















