असार ४
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेश सभामा विश्वासको मत पाएका छन् । मतदानमा ५८ जना सांसद उपस्थित हुँदा उनको प्रस्तावको पक्षमा ३१ मत परेको थियो भने विपक्षमा २७ मत परेको थियो ।शुक्रबार प्रदेश सभामा भएको मतदानमा उनले विश्वासको मत पाएका हुन् । उनलाई नेकपा एमाले बाहेकका दलले मत दिएका छन् । मुख्यमन्त्री पोखरेल नेपालीको पक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी लगायतको गठबन्धनबाट जेठ २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । एमालेका मुख्यमन्त्री रहेका पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिन नसकेपछि पोखरेल नेपालीले बहुमत पु¥याएका हुन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री नेपालीलाई प्रदेश सभामा विश्वासको मत
प्रकाशित : २०७८ असार ४, शुक्रबार १२:२९
© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech