ताजा अपडेट

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लुम्बिनीबाट एमाले एकता कायम गर्ने अभियान शुरु

लुम्बिनी दर्पण २०७८ असार ५, शनिबार १३:०४
[sharethis-inline-buttons]

बुटवल, असार ५ ।
प्रतिनिधिसभा विघटनपछि विभाजित भएको एमालेलाई बचाउन आग्रह गर्दै लुम्बिनीबाट एकता अभियानको थालनी भएको छ । युवा बुद्धिजिवि मञ्च
बुटवलले एमाले विभाजनको संघारमा पुगेको भन्दै त्यसले कसैलाई हित नगर्ने भन्दै एकता अभियानको थालनी गरेको हो । एमालेभित्र गुटबन्दीले पार्टी
विभाजनको संघारमा पुगेकाले विभाजन रोक्न शिर्ष नेताहरुलाई दबाब दिन अभियान शुरु गरिएको युवा बुद्धिजिवि मञ्चले जनाएको छ ।

नेकपा एमालेका अध्यक्ष एंव प्रधानमन्त्री केपि शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपाल पक्षमा विभाजित नेताहरु विच संवाद गरि भएका कमजोरी सच्चाएर
एकताबद्ध हुन अपिल समेत गरिएको छ । मञ्चले शनिबार बुटवलमा ‘एकताबद्ध एकताबद्ध एमाले र सुदृढ संगठनका लागि अन्तरसंवाद’ कार्यक्रम गरि कार्यकर्ता एकताकै
पक्षमा रहेको बताएका हुन ।

कार्यक्रममा एमालेका पूराना नेता तथा पूर्व सांसद देवेन्द्रराज घिमिरेले जनाधार र नेताको पुच्छर समाएर नेता हुन खोजेकाहरुले एमालेलाई फुटाउन
खोजेको बताए । उनले २०५४ सालमा पार्टी फुट हुँदा कसैलाई फाइदा नभएकोस्मरण गर्दै कम्यूनिष्ट सिद्धान्त र बहुदलीय जनवाद एमालेले भुलेको आरोप समेत
लगाए ।
उनले एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपि शर्मा ओलीले आफू प्रधानमन्त्री हुनकै लागि माओवादी केन्द्रसँग पार्टी एकता गर्नु नै पहिलो गल्ती भएको औल्याए ।
उनले भने ओलीले तीन गल्ती गरेको औल्याए । –‘पहिलो गल्ती प्रचण्डसँगको सहमती, दोस्रो प्रतिनिधिसभा विघटन र तेस्रो नागरिकता अध्यादेश जारी गर्नु
हो’ घिमिरेले भने । उनले पार्टी फुटले कसैलाई हित नगर्ने भन्दै स्वार्थी नेतालाई चिन्न आग्रह गरे । संविधानसभा सदस्य नेत्र पन्थीले नेपालमा कम्यूनिष्ट पार्टीहरुको आचरण र संस्कार
बिग्रेको बताउँदै एमालेमा पनि त्यो हावी भएको बताए ।

उनले माओवादी केन्द्रसँगको एकतापछि पार्टी चलायमान नै नभएको बताउँदै त्यसपछि नै चरम गुटबन्दी मौलाएको बताए । उनले शिर्ष नेताहरुले गरेको गल्तीलाई आत्मसमिक्षा गर्दै नवौं महाधिवेशनको
नेतृत्व र नितिमा पार्टीलाई फर्काएर एकता कायम गर्नुपर्ने बताए । एमालेका नेता समेत रहेका पन्थीले अहिले आफू पार्टी एकताको पक्षमा रहेको बताए ।
उनले गुटबन्दी नगरेर शिर्ष नेताहरुलाई मिल्न दवाव दिनुपर्ने बेला आएको बताए ।

यस्तै प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष तथा बरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईले पार्टी नेतृत्वले गरेको गल्ती औल्याएकै आधारमा गुटमा
भिडाउने प्रचलन गलत भएको भन्दै बुटवलबाट पार्टी एकताको सन्देश दिनुपर्ने बताए । उनले महाकाली सन्धि हुँदा पनि गलत भएको भनेको तर पार्टी एकता कायम
राख्नुपर्छ भन्ने मान्यतामा अडि रहेको स्मरण गरे । उनले भने –२०५४ सालमा पनि बुटवलबाटै नै एमाले फुटेको हो, पछि मिलन पनि यहिबाटै भयो, अब
एमालेको एकता जोगाउनुपर्छ।’ युवा बुद्विजिवि मञ्च बुटवलका संरक्षक कमल गौतमले नेतृत्वका कारण पार्टी विभाजन हुन लागेको तर, तल्लो तहको कार्यकर्ता विभाजनको विपक्षमा रहेकाले
एकताको सन्देश दिन बुटवलबाट अभियानको थालनी गरिएको बताए । उनले शिर्ष नेताहरुलाई मिल्न दवाव दिन अभियान थालिएकाले प्रत्येक जिल्लामा यस्ता अभियान
हुने बताए ।


प्रकाशित : २०७८ असार ५, शनिबार १३:०४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
  • दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै
प्रतिक्रिया

यो पनि पढौँ

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

भर्खरै

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

  • बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

  • पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech