पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता खनालको स्वास्थ्यमा सुधार

ByLumbini Darpan Online

५ असार २०७८, शनिबार १३:३३ ५ असार २०७८, शनिबार १३:३३ ५ असार २०७८, शनिबार १३:३३

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार आएको छ । एमाले नेता सुरेन्द्र पाण्डेले खनालको स्वास्थ्यमा सुधार आएको जानकारी दिनुभएको हो । पाण्डेले भन्नुभएको छ– ‘लगातार आइरहेको ज्वरो रोकिएको छ । स्वास्थ्य स्थितिमा सुधार भैरहेको जानकारी प्राप्त भएको छ, डाक्टरको उच्च निगरानीमा राखेर उपचार भइरहेको छ ।’ नेता खनालको दिल्लीको एपोलो अस्पतालमा उपचार भइरहेको छ । गएको जेठ ३१ गते स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पतालमा उपचार गराइरहनुभएका खनाललाई गएको बुधवार दिल्ली लगिएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *