बुटवल, साउन २७
अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन अधिकार सम्बन्धी नितीगत व्यवस्थाको विषयमा अन्तरक्रिया कार्यक्रम आज बुटवलमा सम्पन्न भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, सिद्धार्थ सामुदायिक विकास केन्द्र र संयुक्त राष्ट्रसङ्घीय जनसंख्याया कोष ९यूएनएफपिए०को आयोजनामा कार्यक्रमलाई संवोधन गर्दै लुम्बिनी प्रदेशका निर्वतमान स्वाथ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठले सरकार अपाङ्गता, यौज प्रजन्नको विषयमा जहिले पनि चिन्ताशिल रहेको भन्दै आफु सरकारका रहदासम्म अपाङ्गता मैत्री भौतिक संरचना, सहज उपचार र सेवा प्रवाहमा जोड दिइएको बताए । उनले अव आउने सरकारले पनि सोही प्रकृतिको कामलाई निरन्तरता दिनेमा आफु विश्वस्त भएको बताएका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेशको स्वाथ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा। विकास देवकोटाले बोल्दै अपाङ्गताको विषयमा जटिल विषय भएको भन्दै मन्त्रालयले अपाङ्गताको विषयलाई प्रमुख प्रथमिकता राखेर सेवा प्रवाह गर्दै आएको बताए । उनले सोही अनुसारको कानुनी व्यवस्था गरिएको भन्दै कार्यान्वयन तहमा यसलाई बढि भन्दा बढि प्रभावकारी बनाउने समेत प्रतिवद्धता जाहेर गरे । सचिव देवकोटाले नीतिगत रुपमा गरिएकान व्यवस्थाहरुलाई पुर्णरुपमा कार्यान्वन ल्याउनको लागि सबैको सहकार्य आवश्यक रहेको भन्दै सरकारी निकाय, गैरसरकारी संस्था, आम सर्वसाधारणहरुमा अपाङ्गताको विषय साझा विषय हो भन्ने गरी आभास हुनुुपर्नेमा जोड दिए ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष रमा ढकालले अपाङ्गता अधिकारी, यौन तथा प्रजनन क्षेत्रको विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिईन ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका लुम्बिनी प्रदेश उपाध्यक्ष शारदा भट्राई, सचिव हुमनाथ अधिकारी, प्रदेश सदस्य सावित्रा घिमिरे, संयुक्त राष्ट्रसङ्घीय जनसंख्या कोष ९यूएनएफपिए०का प्रदेश प्रमुख राम थापा, लुम्बिनी प्रदेश शिक्षा तथा सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख शारदा बस्याल, शिद्धार्थ सामुदायिक विकास केन्द्र कपिलवस्तुका प्रमुख पोमनारायण पौडेल लगायतले आ आफ्नो भनाई राखेका थिए ।




















