लक्ष्मी पाण्डे
तिलोत्तमा , कात्तिक ४
पहिले पहिले म सानो छदा सुन्ने गर्थे यो त कलियुग हो कसैको पनि भर हुदैँन ,प्रकृतिको निती नियम पनि परिवर्तन हुन्छ रे, मानवता भन्ने कुरा पनि हराउछ रे यस्तै यस्तै धेरै कुरा सुन्थे । तर, मैले ती कुरालाई खासै मतलव नै गर्थीन । त्यो समय धेरै पहिलेको नभए पनि त्यति खेरको समयमा पनि एकलाई दुख पर्दा अर्काले आफ्नै दुख सम्झेर समस्यामा सहयोग गर्थे मानवता हराएको थिएन । मौसम अनुसार नै ढकमक्क फुल फुल्ने गर्थे ,चरा चुरुंगी कराएको आवाज पनि कानमा गुञ्जिन्थ्यो । अझै रमाइलो कुरा त के भने नी मौसम अनुसार नै र घाम पानीको आवास म सानै भएपनि गर्थे । बु वा आमा हजुरबुवा आमाहरुको कलियुग बारै केही अनुमानित तर तथ्यहीन कुरा सुन्दा मलाई अचम्म लाग्थ्यो र म सोच्थे यस्तो कुरा पनि कसरी अनुमानका आधारमा बोलेको होला खै भन्ने सोच्थे र ति कुराहरुलाई खासै महत्व दिदैनथे ।
समय पनि वित्दै गयो म पनि हुर्किदै गए । हुर्किदै जादा मलाई पनि महसुस हुन थाल्यो यो त साच्चै नै कलियुग नै रहेछ कि क्याहो । मौसम पनि परिवर्तन हुन थाल्यो कहिले एकदमै घाम लाग्ने कहिले विना मौसम पानी परिरहने , मौसम अनुसार पनि फुल फुल्न छाडे , चराचुरुंगी पनि लाप हुदै जान लागे ,कहिले बढि नै चिसो हुने । मानवता मानिसमा विस्तारै हराउन थाल्यो ,पैसाकै पछि मानिस कुद्न थााल्यो ,मानिसलाई बुबा आमा सँग पनि बोल्ने फुर्सद हुन छाड्यो र बाबा आमालाई बृद्धा आश्रम लगेर छोड्न थालियो ।
त्यस्तै आफ्नै छोरी , दिदी बहिनी लाई बलत्कार गरी बलत्कारीलाई पैसा, पावरले जोगाउन थालियो ,कानुनलाई पनि पैसाले किन बेच गर्न थालियो । रोजगारीमा पनि सीप र क्षमताको कदर भन्दा पहुँचलाई प्राथमिकता दिन थालियो ।
पैसा कमाउनकै लागि प्रकृतिलाई नै खलबल पार्ने गरी बन फडानी ,चोरी पैठारी गर्न थालियो ,अव्यवस्थित बस्ती, उद्योग कलकारखाना निर्माण, गर्न थालियो , यस्तै यस्तै अनैतिक कार्य दिनहु बढ्दै जान लागे ।
हाम्रा यस्तै खालका अनैतिक र अमानविय व्यवहारले तथा कार्यले अतिबृष्टि, अनावृष्टि जस्ता धेरै समस्या आउन थालेका छन । दिनहु नयाँ नयाँ खालका रोगको संक्रमण बढ्दै जान थालेको छ । मानवियता भन्ने कुरा हराई सकेको छ । गाउँघरमा कसैलाईँ समस्या पर्येा भने पहिला मानिस सहयोग गर्न होइन भिडियो खिच्न तर्फ लागेको हुन्छ ।
हामी मानव भएर पनि मानवले गर्नुपर्ने काम कर्तव्य नगरेको देख्दा बेला बेलामा बिना मौसम पानी परिरहदा मलाई यो पानी परेको होइन की प्रकृति नै हाम्रो अनैतिक काम अति भएर सहन नसकी रोएको हो की जस्तो लाग्छ रुअब त हामी सबैले प्रकृतिलाई यसरी रुन नपारौँ न है ।